•            
    • Sanu Raj Dangol

    • २६ बैशाख २०७८, आईतवार ११:०३

    चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खस्याे।

    टाेखालाइभ डट कम/बैशाख २६,२०७८

     

    अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ । २१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको बीबीसीले जनाएको छ ।

    गएको महिना चीनको नयाँ अन्तरिक्ष केन्द्रको स्थापनाका लागि प्रक्षेपण गरिएको चिनियाँ रकेटको अंश भग्नावशेष माल्दिभ्स नजिकै इन्डियन ओसनमा खसेको छ ।समाचार बिबिसीका अनुसार भग्नावशेषको अधिकांश भाग पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै जलेको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

    नेपाली समय अनुसार आइतबार बिहान चिनियाँ रकेटको भग्नावशेष उक्त स्थानमा खसेको हो । यसअघि केही विज्ञहरुले रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने बताएका थिए । तर अन्ततः इन्डियन ओसनमा रकेटको भग्नावशेष खसेको हो ।लङ्ग मार्च–५ बी रकेटको मुख्य भाग खसेको हो ।

    २१ टन तौलको रकेट भग्नावशेष पृथ्वीको वायुमण्डलमा आएको यो केही दशक यताकै पहिलो घटना भएको अधिकारीहरुले बताएका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै