•            
    • Hikmat Dangol

    • २६ चैत्र २०७७, बिहीबार ०५:२६

    रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने

    टोखा लाइभ । २०७७ चैत्र २६ गते

    मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म सत्तामै रहन सक्ने भएका छन् । उनले आफ्नो सत्ता सन् २०३६ सम्म लम्ब्याउन मिल्ने एक कानूनमा सोमबार हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    त्यसो त यो कानुन विधायीकाबाट पास गराउन समेत उनी सफल बनेका छन् ।संसदको दुबै सदनबाट गत महिना नै कानून पास भएको हो । यो कानून अनुसार पुटिन थप दुई कार्यकाल राष्ट्रपति बन्न सक्ने छन् । जारी कार्यकाल सन् २०२४ मा सकिने भएको छ । रूसमा राष्ट्रपतिको एक कार्यकालको अवधि ६ वर्ष रहेको छ ।

    उनले अघिल्लो वर्ष संविधान संशोधन गर्दै यसको बाटो खोलेका थिए । पुटिन ६८ वर्षका भएका छन् । जारी कार्यकालसँगै सन् २०२४ भित्र उनले चार कार्यकाल राष्ट्रपति र एक कार्यकाल प्रधानमन्त्रीका रुपमा बिताउने छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै