•            
    • Hikmat Dangol

    • १९ जेष्ठ २०७७, सोमबार २०:१४

    अमेरिकामा पहिलो व्यवसायीक रकेटको सफल प्रक्षेपण

    हिक्मत डंगोल
    १९, जेष्ठ २०७७ ,सोमवार ।
    नासा , एजेंसी ।करिब दश वर्षपछि अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले मे ३० का दिन नासाका दुई अन्तरिक्ष यात्री बब बेन्केन र डग हर्ले सहित आफ्नो पहिलो व्यवसायिक रकेट, क्रिउ ड्रागन डेमो – २ को सफलता पूर्वक प्रक्षेपण गरेको छ । अर्बपति व्यवसायी एलन मस्कको कम्पनी स्पेश एक्स, नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पुर्याउने पहिलो निजी कम्पनी भएको छ।

    यानमा दुईजना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)तर्फ आज विहान १० बजे पुगेको थियो। अन्तरिक्ष यात्रीहरू बब बेहन्कन र डग हर्लीलाई आइएसएस पुग्न करिब २४ घण्टा लागेको नासाका प्रमुख जिम ब्राइडेस्टाइनले ट्वीटमार्फत् आज पुष्टि गरे ।सन् २००२ मा स्थापित अमेरिकन एरो स्पेस कम्पनि ‘स्पेस एक्स’ ले आफ्नो दुइ दसकको अथक प्रयास पछि मे ३० का दिन रकेट र अन्तरिक्ष यात्री फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट उडाउन सफल भएको हो।

    नासाले उसको अन्तरिक्ष शटलले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ । रकेट र अन्तरिक्ष यान दुवै एउटा निजी कम्पनी ’स्पेस एक्स’ले निर्माण गरेको बताइएको छ ।

    फ्लोरिडाको केनडी स्पेस सेन्टरबाट भएको यो प्रक्षेपण संगै ‘स्पेस एक्स’ अन्तरिक्षमा उडान भर्ने विश्वकै पहिलो कम्पनि बनेको छ । उक्त्त प्रक्षेपण अमेरिकी भुमि बाट भएको यो एतिहासिक क्षणको अवलोकन गर्न कोरोना महाव्याधी बीच पनि हजारौ मानिसहरु फ्लोरिडाको केनडी स्पेस सेन्टर वरपर उपस्थिति भएका थिए भने करोडौ मानिसहरुले टेलिभिजनमा प्रत्यक्ष अवलोकन गरेका थिए ।

    ‘स्पेस एक्स’ ले हाल नयाँ बृहत स्तरको रकेट ‘स्टारशिप’ मा काम गरिरहेको छ , जसले मानिसहरुलाई कुनै दिन चन्द्रमा र मंगल ग्रहमा पुर्‍याउने अपेक्षा गरिएको छ ।यस्तै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पनि त्यहॉको वातावरण र तापमानमा सुधार ल्याउने क्रम चलिरहेको छ।सन २०२५ सम्ममा स्थायी अन्तरिक्ष केन्द्र र पर्यटन उधोग बन्ने कुरामा नासाका वैज्ञानिकहरू विश्वस्त छन् ।त्यसपछि सन २०३५ सम्ममा मंगल ग्रहमा मानव वस्ती बसाउँदै लगिने योजना छ।

    अन्तरिक्षमा साझेदारी;-

    मानव रहित अन्तरिक्ष यान मार्फ़त सौरमण्डलका विभिन्न ग्रह र तारामंडलको अन्वेषण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ।सन् १९६२ मा विश्वका प्रथम अन्तरिक्ष यात्रीलाई पृथ्वीको कक्षमा पुर्याएको रसिया मंगल ग्रहको अन्वेषणमा पनि लागेको छ। अहिले पनि रसियासंग मंगल ग्रहमा मानव सहितको यात्रा अत्यन्त खर्चिलो हुने भएकोले यस अभियानमा उसले अमेरिकासंग साझेदारी गर्न चाहेको छ।यसै सिलसिलामा नासा र रसियाका वैज्ञानिकहरू बीच मंगल ग्रहमा उक्त उपकरणको परीक्षणका साथै त्यस ग्रहमा मानव यात्राको परिकल्पनालाई साकार रूप दिन संयुक्त रूपमा अगाडी बढ्ने सम्बन्धमा हाल नासामा छलफल भैरहेको छ।

    नासा आफै पनि आर्थिक मन्दीमा पर्दे गईरहेकोले मानव सहितको मंगलग्रहको यात्रालाई गति प्रदान गर्न उसलाई पनि रसियासंगको साझेदारी आवश्यकता रहेको छ। तर मंगलग्रहमा मानव सहितको यात्रा सोचे जस्तो सजिलो भन्ने छैन। मंगलग्रहमा पुग्न मात्र ८ महिना लाग्ने भएकोले यानमा सवार अन्तरिक्ष यात्रीलाई पनि ग्रहमा सुरक्षित अवतरण गराउने र पछि तिनीहरूलाई पृथ्वीमा सकुशल फर्काउने थप ज़िम्मेवारी त्यसले पुरा गर्नुपर्नेछ।त्यो थप जिन्मेवारी मंगलयात्राको सबैभन्दा जटिल, जोखिमपूर्व तथा खर्चिलो पक्ष हो।

    हुन त सन् १९६९ मा चन्द्रमामा मानिस अवतरण गराउँदा अपनाइएको प्रविधिलाई नासाका वैज्ञानिकहरू मंगल यात्राका लागि उपयुक्त रहेको बताउँछन्। तर पनि मंगलग्रह धेरै टाढा पर्छ भन्ने गुरुत्वाकर्षण शक्ति पनि बढी भएकोले चन्द्रमाको भन्दा मंगलको यात्रा प्राविधिरूपले निकै चुनौतीपूर्ण हुने नासाका वैज्ञानिकहरूको ठहर छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै