•            
    • TOKHA LIVE

    • ७ असार २०७७, आईतवार ०७:४७

    छात्राशिक्षाकी अभियन्ता शिक्षाविद् अंगुरबाबा जोशीको निधन।


    टाेखा लाइभ, असार ७ काठमाडौं : अग्रज शिक्षाविद् एवं समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ ।छात्राशिक्षाकि अभियन्ताको रूपमा उनि नेपाली समाजमा बढी परिचित छिन।काठमाडौं डिल्लीबजारमा १९८९ साउन ३२ मा जन्मेकी उनको नेपालको शिक्षा क्षेत्र र समाजसेवामा ठुलो योगदान छ। तीन सातादेखि छातीमा देखिएको संक्रमणका कारण उपचाररत जोशीको स्ट्रोकका कारण शनिबार काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तनको क्यान्सर भएको थियो । काठमाडौं डिल्लीबजारकी अंगुुरबाबा नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् ।२०३१ सालमा उनको कथासंग्रह ‘कल्पना ‘प्रकाशित भएको थियो।त्यसबाहेक ‘क्यान्सर:वरदान ‘ ,’ वृद्वा अवस्था:जिवनको श्रीपेच’ र ‘ दिक्षा’ नामका कृति प्रकाशित छन् ।जिवनभर प्राध्यापन र समाजसेवामा सक्रिय उनलाई ०७२ सालको जगदम्बाश्री पुरस्कर प्रदान गरिएको थियो।

    उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य थिइन् । जोशीको आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा शनिबार नै अन्त्येष्टि गरियो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै