•            
    • Hikmat Dangol

    • ७ बैशाख २०७८, मंगलवार १८:१४

    विश्व निकेतनका शिक्षकले नियमित रुटिन अनुसार झन एक घन्टे पिरियड पढाउँदै

    टोखा लाइभ ।२०७८ वैशाख ७ गते

    काठमाडौं ।काठमाडौंको त्रिपुरेश्वर स्थित नमुना बिद्यालयले नेपाल सरकारले बिद्यालय बन्द गरेर अनलाईन कक्षा संचालन गर्न आग्रह गरे बमोजिम तल्लो इसिडि देखि १२ कक्षा सम्म नै सुरक्षित र सुव्यवस्थित ढंगले अनलाइन कक्षाहरु सुचारु गरेको छ । तर आफुलाई नेपालकै अब्बल दर्जाका बिद्यालय मध्ये एक सावित गर्दै आएका विश्व निकेतनले यसपालि घरबाटै सम्पूर्ण विषयका कक्षाहरु संचालन गर्ने क्रममा चालिस मिनेट अवधिको कक्षालाई लम्ब्याएर एक घन्टे बनाएको छ ।

    यसबारे बिद्यालयका प्रधानाध्यापक हेरम्ब राज कँडेल भन्नुहुन्छ , ‘ हाम्रो सम्पूर्ण बिद्यालय परिवार सदैव बिद्यार्थीहरुको पढाई प्रति निकै गम्भीर र सचेत छौं । गतवर्षको लकडाउनकोबेला पनि संभवत सबैभन्दा पहिले नियमित रुपमा अनलाइन कक्षा संचालन गर्ने पहिलो सामुदायिक बिद्यालय विश्व निकेतन नै हुनुपर्छ ।

    यसपालि पनि अनलाइन र फेस टु फेस पढाई मार्फत करिव करिव सम्पूर्ण कक्षाका सम्पूर्ण विषयको कोर्स सकिसकेको अवस्था छ । तैपनि हामी बिद्यार्थीलाई अझै बढि अध्ययनशिल बनाउन पिरियडको समय समेत बढाएका छौं । अनलाइन कक्षामा पनि प्रत्येक सेक्सनकै हिसाबले पढाई हुने छ । प्रत्येक बिद्यार्थीमाथि सबै विषयगत शिक्षक शिक्षिकाले विशेष ध्यान दिनका लागि हामीले उपयुक्त प्रविधि पनि प्रयोग गरेका छौं । साथै सम्बन्धित शिक्षकहरु अभिभावकहरुसंग पनि नियमित सम्पर्कमा रहनुहुनेछ । कोरोना महामारीको भयावह स्थितीलाई नियन्त्रणका लागि सरकार आफलेैं पनि बाध्य भई अनलाइनको विकल्प रोज्नु परेको सबैले मनन गर्नैंपर्छ । यो कुनै क्षेत्रिय र राष्ट्रिय समस्या मात्र नभई विश्वव्यापि समस्या बनेको छ । तसर्थ समस्या समाधानका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग र योगदान दिनु पर्दछ । ’

    बिद्यालयका सहायक प्रध्यानाध्यापक तथा शैक्षिक प्रशासन प्रमुख गंगा थापाले आफुले जोर बिजोर रोल नम्वरको आधारमा बिद्यार्थीहरुलाई बोलाएर फेस टु फेस कक्षा संचालन गर्न रुटिन नै कोरिसकेको अवस्थामा सरकारको बिद्यालय बन्दै गर्ने निर्णय आएको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ , ‘ एउट कक्षामा हाम्रो औसत ६० देखि ७० जना बिद्यार्थी छन् । कक्षा दसमा त इ सेक्सन सम्म चलाउनु परेको छ । हुन त हामीले बिद्यालयमा सम्पूर्ण सुरक्षाका उपायलाई पूर्ण रुपमा पालना गरेका छौं । तर बालबालिका तथा किशोर किशोरीलाई पनि नयाँ तथा विकसित स्वरुपको कोरोना भाइरसले बढि संक्रमण गरिरहेको अवस्थामा अनलाइनलाई नै अझै बढि परिणाममुखी बनाएर कक्षा संचालन गर्नुको अब कुनै विकल्प नै छैन । ’

    बिद्यालयका अर्का सहायक प्रधानाध्यापक केदार दाहालले बताउनुभयो , ‘ एसइइको परिक्षाको रुटिन तय भइ सकेको छ । प्रश्न पत्र छपाईको काम पनि शुरु भइसकेको छ । तर अझै भविष्यमा परिस्थिीतीले कुन मोड लिने हो भन्ने अनिश्चित नै छ । तर पनि बिद्यार्थीहरुले पढ्न पाउने मौलिक अधिकारलाई बन्चित गराइनु हुन्न । आशा गरौं , कोरोना भाइरस समाप्त होस् र शैक्षिक क्षेत्र पुन पुरानै अवस्थामा फर्कियोस् । ’

    बिद्यालयका अर्का सहायक प्रधानाध्यापक ओमशंकर श्रेष्ठले भन्नुभयो , ‘ हाम्रो बिद्यालयको सबैभन्दा ठूलो सफलताको रहस्य र गहना भनेकै टिम स्पिरिट हो । आ–आफ्नो कर्तव्य निवार्ह गर्ने काममा पियन , कर्मचारी देखि सम्पूर्ण शिक्षक शिक्षिका सदैव दत्तचित्त भएर लागि पर्नुहुन्छ । बिद्यालय समयका खाली कक्षामा पनि कुनै पनि निजी कामका लागि छौटै समय बाहिर जान समेत शैक्षिक प्रशासनलाई सबैले औपचारिक जानकारी गराउनु पर्दछ । हरेक कक्षा शिक्षक देखि लिएर विषय शिक्षकहरु समेत प्रत्येक कक्षाका प्रत्येक बिद्यार्थीको आनीवानी देखि पढाईको स्तर सम्बन्धमा राम्रो जानकारी राख्नु हुन्छ । यसैकारण पनि विश्व निकेतन पटक पटक राष्ट्रिय पुरुस्कारबाट सम्मानित हुने गरेको छ । उपचार भन्दा रोगको रोकथाम गर्नु नै ठूलो बुद्धिमानी हुने भएकाले समयमै बिद्यालय बन्द गराई संक्रमण नियन्त्रण गरिन खोज्नु पं्रशंसनिय छ । तर अनलाइनको नाममा शिक्षण सिकाईमा लापरवाही गर्दा भने पापै लाग्छ । ’
    सोही बिद्यालयका नेपाली विषय शिक्षक विष्णुहरि अधिकारी पनि बिचैमा अचानक बिद्यार्थीहरुको साक्षात्कार पढाई छोड्नु परेकोमा दुख व्यक्त गर्नुहुन्छ । तर उहाँले हरेक समस्या र विषम परिस्थितीबाट पनि सकारात्मक उपलब्धि र परिणाम निकाल्न सक्नु नै मानविय गुण र सक्षमताको प्रमाण हुने पनि बताउनुहुन्छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै