•            
    • TOKHA LIVE

    • ५ भाद्र २०७७, शुक्रबार ११:०७

    नीति नियम र व्यवस्थाले सृजना गरेको व्यवधान :-

    विचार

    सुशान्त डंगोल

    विभिन्न भौगोलिक बनावट अनुसार काठमाडौंको खाल्डोमा बस्ती विस्तार हुने क्रममा उच्च भेगकाहरुमा बस्ती बसोबास गरेको पाइन्छ। हजारौं वर्ष पहिले देखिको विकासका प्रमाणहरुलाई बुझ्ने इतिहास हो। इतिहासले विभिन्न स्रोतहरूको अध्ययन गराउँछ।विभिन्न कालखण्डमा हाम्रो पुर्खाहरुले निर्माण गरिएका वस्तु धातु अभिलेख कला-संस्कृति शिलापत्र आधारहरु बाट कुन ठाउँमा कुन राजाको पालामा बस्ती विकास भएको भन्ने प्रमाणहरु भेट्ने क्रममा ऐतिहासिक नगरी टोखा वस्तीपनि अति महत्व बोकेको वस्तीको रूपमा रहेको कुरा यस भेगमा बसोबास गर्ने आम जनसमुदायलाइ जानकारी हुन जरुरी देखिन्छ।

    गुणकाम देवले काठमाडौँ सहरमा बस्ती बसाली बस्तीको रक्षा गर्नको लागि स्थापना गरिएको अजिमा (मातृका गण) देविहरूको पालादेखि नखत्या:बोलाउने परम्परा सुरु भएको देखिन्छ। कृष्ण चतुर्दशीका दिन मनाउने पाँहाचरे चाडपछि छोरीहरुलाई नखत्या: बोलाउने जस्त्तै काठमाडौंका विभिन्न ठाउँका अजिमाको जात्रा गर्ने क्रममा असन ,धर्मस्थली, टाेखाका अजिमाको पनि जात्रा गर्ने परम्परा रहिआएको छ ।

    यस्तै टाेखाकाे अजिमाहरुको रुपमा चण्डेश्वरी गुभायद्य : नौलुङ्ग भद्रकाली वतवली अजिमा पिगंद्य:अजिमा बालकुमारी फुतुङ्ग अजिमा, फुसिख्य अजिमा मध्य टाेखामा वतवली अजिमाको जात्रा पाँहाचरे दिन हुन्छ। त्यस्तै अंशु बर्मा को कार्यकाल विसं ६५१ देखि ६७७ सम्मको पालाको टाेखा चण्डेश्वरी अगाडि शिलापत्र रहेको तेस्तै लिच्छविकालिन ५१९ को थनेलाछिमा रहेकोले शिलालेख पछिल्लो मल्लकालका राजा प्रताप मल्लको पालामा थनेलाछि( माथिल्लो लाछी)नारायण मन्दिर अगाडि गरुडको स्तम्भ रहनु साथै बस्तीमा एक रुपताको भबन रहनु जुनसुकै टाेलकाे नामाङ्गन हुनु भाषा र संस्कृति साथै आर्थिक उपार्जन वा परिवारको पौष्टिक आहारको लागि चाकुको उत्पादन गरि खाने र बेचबिखन गर्ने लगायत क्रियाकलाप भएको ठाँउ आज विकासका योजनाको नाममा टोखा छहरे बाटो जुन पञ्चायत कालमा मन्त्रिमण्डलले पास गरेको मापदण्ड त्यस्तै विष्णुमति करिडोर जुन बागमती बिष्णुमती सभ्यता भनेर बनाएको मापदण्ड २०५६ तिर बनेको दोस्रो चकर्पथ त्यस्तै हाल् नगर विकास प्राधिकरणले घोषणा गरेको स्मार्टसिटी मापदण्डले यहाँका जनता आक्रान्त भएको छ। परापूर्वकालदेखि बस्दै र बस्ती विकास गरेर आजका दिनका सम्म आउँदा हाम्रो बस्ती र घर निर्माणको नक्कल गरेर युरोप अमेरिका लगायतका पश्चिमा देशहरू धमाधम हाम्रो कला शैली र बस्ती निर्माण जस्तै उनीहरूको देशमा विकास हुँदैछ।

    साथै हाम्रै देशमा पनि विभिन्न हाउजिङ बस्ति विकास हुँदैछ भने उहिले नै विकास भएको बस्ती जसलाई प्राचीन स्मार्टसिटी भन्न सकिन्छ। त्यस्ता बस्तीलाई हालको मापदन्डले क्षतविक्षत पार्ने प्रबल सम्भावना रहेको छ । यो गैरकानुनी देखिन्छ, प्राचिन बस्तीलाई त्यसरी त्यसै अनुरुपको मापदण्ड कायम हुनु जरुरी छ।


    त्यस्तै टोखा छहरे होस् या चक्रपथको मापदण्डले पनि जमिन किन बेचबिखन वा बैंक धरौटी ग्यारेन्टी ,कित्ताकाट वा भवन निर्माण गर्न सरकारी निकायको निर्णय चाहिने त्यस्तै बिष्णुमति करिडोर जस्ले गर्दा अहिलेका आवश्यकता के हो ? सोको अध्ययन बिनानै जथाभाबी मापदन्द स्मार्टसिटीका अवधारणाले लाखौ जनता मारमा परिरहेका छन् ।

    सुशान्त डंगोल

    किनकि आजको युगमा आइपुग्दा आफ्नो परिवारको भविष्यको लागि आर्थिक कारोबार गर्न आफुसँग भएको जग्गा जमीन वा भवन किनबेच वा बैंक ग्यारेन्टी राखी ऋण लिन बन्देज भएको छ। जसले गर्दा लाखौँ युवा बेरोजगार र विदेशीनु परेको छ । उहिलेको मापदण्ड देखाएर अहिलेको भविष्य अन्धकार बनाई रहेको छ। अहिले तत्काल आवश्यक विकास योजना निर्माण गर्ने हो भने त्यसको निश्चित मापदण्ड बनाई विकास योजनाका काम सुरु गर्नुपर्ने देखिन्छ। त्यत्तिकै नीति नियमको नाममा लाखौं जनताको जग्गा जमिन हाेल्ड गरेर कुनै निर्माण कार्य,उधोग, कलकारखाना वा अन्य कार्य गर्न बन्देज लगाउदा अन्यायपूर्ण थहरिने छ।पछि यसको प्रणाम भयावह हुन सक्नेतिर सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउन जरुरी छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै