•            
    • TOKHA LIVE

    • ३० श्रावण २०७७, शुक्रबार ०६:५४

    परिवर्तित नामबाट ऐतिहासिक नगरी टोखा पनि अछुतो रहन सकेन:-


    सुशान्त डंगोल

    लिच्छवीकाललाई नेपाल मण्डलको स्वर्णीम काल भनी बिभिन्न शिलापत्र, ताम्रपत्र र ताद पत्र जस्ता वर्णन गरिएको पाइन्छ । ती कालखण्डमा बसोबास गर्ने भूमिपुत्र वा आदिबासी भनेको नेपाल भाषा बोल्ने नेवार समुदाय हुन् । ती समुदाय बस्ने चरिचरण गर्ने बासस्थान या ठाउँको नाम पहिचान उपत्यकाकै आदिबासीहरुको लवज अनुसार राखिएको नाम र इतिहास शाहकालदेखि हाल सम्म पनि अपभ्रंस वा परिबर्तन हुने क्रम बढ्दो छ ।

    तोखाः–टोखा

    ऐतिहासिक, पुरातात्विक, धार्मिक र साँकृतिक नगरी तोखा चार सय तोखा सात सय फेरा अर्थात् एउटा वस्ती भित्र चार सय जनसंख्या रहेको सातसय ठाउँको नामाकंन गरिएको जस्तै माले, फुते, भिल्ली, गाम्चा, पासिकोत, गोकर्ण, धापासी, गोङ्गबु लगायत बस्ती भित्र पनि बिभिन्न ठाउँ रहेको जनाउँछ ।

    बिभिन्न कालखण्डमा लेखिएका टोखाका भजन कीर्तन गर्ने थ्या:सफु:किताबहरुमा पनि अक्षरमा तोखा लेखिएको पाउँछौं । यसमध्ये पनि तोखा इतिहासका पानामा स्वर्णीम अक्षरले लेख्न सफल तोखाको चाकु नेपालभरि प्रख्यात छ ।

    त्यही चाकु बनाउन चाहिने कच्चापर्दाथको रुपमा उत्पादन हुने उखुलाई नेपालभाषामा तु भनिन्छ । तु उत्पादन गर्ने थलोलाई तुख्यः भनिने गरेकोमा पछि त्यही नामबाट तोखा नाम रहन गएको अभिलेहरुमा पाइन्छ ।

    बिभिन्न कालखण्डमा लेखिएका टोखाका भजन कीर्तन गर्ने थ्या:सफु: किताबहरुमा पनि अक्षरमा तोखा नै लेखिएको पाउँछौं । अहिले टोखाको मुल ढोकामा लेखिएको अक्षरमा पनि तोखा नै लेखिएको थियो । पछि मात्र खस भाषामा टोखा लेखिएको हो ।

    भख्यः – भुतखेल
    ऐतिहासिक वस्ती हालको तोखा वस्ती बिकास हुनुभन्दा पहिला विसीगाल थुसा रहेको ठाउँमा मानव वस्ती रहेको बेला बिरालोले अति दुःख दिन थालेपछि बसाइ सरि हालको तोखा बजार वस्ती बिकास भएको स्थानीय बासिन्दाहरुको भनाइ रहँदै आइरहेको छ ।

    यस भनाइलाई थप पुष्टी गर्ने केही आधारहरु मध्य हालसालै भोतेकोशी हाइड्रोपावरको हाइटेन्सन लाइन बिस्तारको लागि खम्बा ठह–याउनकालागि जग खन्ने क्रममा भेतियएका ंिझगती, अपा इंटाका टुक्रा र खानेपानीको लागि प्राचीनकालीन इंटा बिच्छ्र्यायर नाली बनाइ पानी निकालेको मुहान भेटिनु र त्यस ठाउँलाई छेक्वः अर्थात् घर मुनी रहेको प्रचलित नेवारी क्वनेया कोहिती र धाराको मुल अहिले पनि रहनुले विसीगालमा प्राचीन वस्ती रहेको प्रमाणित हुन्छ ।

    यस वस्तीमा दुखः दिने भुतखेल भनेर चिनिने चौरमा बस्ने र खेल्ने भएकोले नै भौचा ख्यः भनिएको कुरा यहाँका वासिन्दा बताउने गर्छन् । त्यही भख्यःको नाम पछि खस नेपाली भाषामा भुतखेल भनिएका हुन् ।

    सलखुसीः–सांग्लाखोला

    भिष्मल राजाले राज्यगर्दाको वस्तीको नामबाट भिल्ली रहेको ठाउँबाट पश्चिपत्ति रहेको खोलाको नाम सलखुसी नामाकंन भएको खोला बैज्ञानिक हिसाबमा उहिलेनै भएको देखिन्छ ।

    यो खोलाको मुहान शिफुचो शिवपुरी डाँडा बौदेश्वर माथि झोर महाकांल गाउँ विकासबाट निस्केको पानीको मूल समतल भुभाग हुँदै टोखा दोभान सम्म सीधा बग्ने र टोखा भएर बग्ने खोला बिष्णुमती नदी सपनखुसी जस्तै बाङ्गो–तिङ्गो हुँदै नबग्ने भएकोले छिटो छिटो बग्ने आधारामानै सलखुसी भनिएको हो । किनकी सल भन्नाले घोडा जस्तै दौडिने खोला भएकोले नै सलखुसी भनिंदै आएकोमा अहिले अपभ्रंस भएर सांग्लाखोला भन्न थालिएको छ । जसले गर्दा बैज्ञानिक नामाकरण भयको खुसीको नाम मेतिनुको साथै यहाको पहिचान र भाषा पनि मेतिन सक्ने तिर सचेत हुन जरुरी छ ।

    भाग्यद्वारः–बाघद्वार मेला

    चैत मसान्तका दिन टोखावासीहरु घरलाई चोख्याएर लिपपोत गरी बिहानै विभिन्न परिकार बनाएर खाना खाएर वा नखाइकनै आ–आफ्ना इच्छा अनुसार शिवपुरी डाँडामा रहेको भाग्यद्वार (बाघद्वार) मेला भर्न जाने क्रम सुरु हुन्छ । मेला भर्न विभिन्न गाउँ शहरबाट पनि दर्शनार्थीहरुको घुइँचो लाग्छ ।

    किंवदन्ती अनुसार भगवान् बुद्ध र शिष्यहरु सातजना घुम्न जाने क्रममा शिष्यहरुको कपाल लामो भएर कपाल काटेको तर पानी नपाएर नुहाउन नपाएकाले भगवान् बुद्धले तीन आँैला यस पहाडमा घुसारेर पानी निस्किए हामी भाग्यमानी हुन्छ, यदि पानी नआए अभागी भएर नुहाउन नपाउने भन्दै औँला घुुसाएपछि पानी निस्केर नुहाउन पाएकाले यस पवित्र धार्मिक स्थलको नाम भाग्यद्वार रहेको थियो ।

    यसरी विभिन्न रोगव्याधी निको हुने जनविश्वास रहेकाले राजा रणबहादुर शाह पनि रोगबाट थला परेपछि त्यस स्थलमा सवार भएर जल चढाएपछि रोग निको भएकाले बाघको मूर्ति बनाएर त्यस स्थलमा राखेकाले बाघद्वार नाम रहेको कुरा त्यस धार्मिक स्थलका पुजारी बम्बर बहादरु लामा बताउनु हुन्छ । राजा रणबहादुर शाहको पालामा अति डरलाग्दो महामारी रोग फैलिएर बालकदेखि बृद्ध सबैले अकालमा ज्यान गुमाउनु परेको थियो ।

    त्यसबेला जसको परिवारमा यो रोग देखा पथ्र्यो त्यसको परिवारलाई नै देश निकाला गरिदिने कुप्रथा अन्त र्गा दाफाः भजनमा अहिले सम्म पनि “सितला” माजुको नाममा अति मार्मिक भजन गाउने प्रचन रहिआएको छ । यहाँ मेला भर्न आउने भक्तजनहरु फर्किने क्रममा बिष्णुमतीको मुहान बिष्णुद्वार भएर चण्डेश्वरी हँुदै सपनतीर्थको जलप्रसाद लिएर तोखा र भक्तपुरका बिस्काः नखः हेर्न र दर्शन गर्न जाने परम्परा यद्यपी रहँदै आएको छ ।

    भाग्यद्वार मेलाका दिन राति सपनतीर्थ मन्दिरको उत्तरतर्फ रहेको सिफुच्व जंगलमा रहेको गुभाःद्यःमा साँखुकी बज्रयोगिनी देवी टोखाबाट लगिएकाले चैत मसान्तका दिन बागद्वार मेला लाग्ने दिन राती साँखुका देवी माइत आउँदा शिवपुरी जंगलमा आगोको बत्ती बालेर माइती आउने गर्छिन् भन्ने कुरामा यहाँका बासिन्दाको विश्वास रहेको छ । गुँभाःद्यःको अर्थ जंगलमा बहाःबही वा विहारमा रहेको देवताको रुपमा बुझ्न सकिन्छ ।

    अंगे्रजीमा होस् या ल्यातीन अमेरिकाबाट होस् जुनसुकै बस्तु वा ठाउँको नाम त्यहीं बसोबास गर्ने बासिन्दाहरुले बोल्ने भाषा र लवज अनुसार नामाङ्कन गरिएको हुन्छ । जस्तै एक्सरे, नायोलन, पोलिष्टर यी बाहेक देश र शहरको नामसमेत त्यस देश र बासिन्दाहरुको भाषा र लवज अनुसार परिबर्तन गरेको हामी पाउँछौ । उदाहरणका लागि सन् १९८९ मा बर्माका जुन्ता सरकारले बर्मालाई म्यान्मार र तत्कालीन राजधानी रङ्गुनको नाम याङगुन राखिएको थियो ।

    त्यस्तै भारतको शहर बम्बैलाई मुम्बई, कलकतालाई कोलकोत्ता मद्रासलाई चेन्नाइ गरे जस्तै हाम्रो टोखा र यहाँ रेका अन्य ठाउँको नाम पनि यस भेगका आदीम कालदेखि बसोबास गर्दै आइरहेको नेवार बासिन्दाको लवज र इतिहास अनुसार अक्षर र नाम हुन जरुरी भैसकेको छ । अन्यथा भावी सन्ततिलाई हाम्रो पुर्खा या इतिहास बुझ्न बिभिन्न संग्रहालय वा पुस्तकालय धाउने बाताबरण नआउँला भन्न सकिन्न ।

    लेखक सुशान्त डंगोलले सांस्कृतिक मुद्दाहरु बारे आफ्ना विचारहरु विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित गरिसकेका छन् । सं.

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै