•            
    • TOKHA LIVE

    • २७ असार २०७७, शनिबार ०७:२८

    “नेपालको राजनिती नेपालकै माटाेमा टेकाउनु छ। “

    • मनिराज डंगोल
    • नेपालको ईतिहास पल्टाएर हेर्ने हो भने बर्तमान कमरेड केपि अोली ३८ औं प्रधानमन्त्री हुनुहुन्छ । कोहि पनि प्रधानमन्त्री बिबादमुक्त हुन सकेको देखिन्न। सुरुसुरुमा बेलायत भन्दा सम्पन्न देखिन्थ्यो हाम्रो देश नेपाल । नेपालबाट खाद्यान्न निर्यात हुने गरेको ईतिहास पनि पढ्न पाईन्छ । अरु प्रधानमन्त्रीहरुको तुलनामा चाईनासंग पनि पारवहन सन्धि गरिनु र लिपुलेक समेतिएको नक्सा जारी गरीनुले कमरेड केपि ओली राष्ट्रवादी , सफल प्रधानमन्त्री तथा राजनेता को संज्ञा हासिल गरिएका छन। तर पनि बिबादित किन ? हामी तीन करोड जनताहरुले सोच्ने बेला भएको छ। नेपालका कम्युनिस्ट , काँग्रेस , जनता समाजवादी , राप्रपा , नेमकिपा लगायत सबै पार्टी र नेताहरु धेरै संघर्षबाट खारिएका नेताहरु नै हुनुहुन्छ । भुगोलको अाधारमा हेर्ने हो भनेपनि , हाम्रो भन्दा सानो भुगोलको राष्ट्रहरुले पनि जनताहरुलाई सुखी र समृद्धि बनाई उच्च स्थान प्राप्त गरिएको धेरै ईतिहास पनि छन। तर हाम्रो देश नेपालले किन त्यो स्थान पाउन सकेन? हामी जनता र कार्यकर्ताहरुले सोच्ने बेला भएको छ। कतै हामी पनि कमरेड केपी ओली जस्तै देशको शक्तिशाली स्थानमा पुगेर पनि विवादास्पद बन्ने लाईनमा पो लामबद्द छौ कि ? अा-अाफ्नो गतिविधि समिक्षा गर्ने बेला भएको छ। धेरै बुद्धिजीवी र नेताहरूलाई थाहा छ, नेपाल बहुभाषी बहु-प्रकृति , बहुसाँस्कृतिकको धनी हाम्रो देश नेपाल। तर राजनीति, किन तानाशाही र परंपरावादी मात्रै भएको छ ? बेद , गिता र संस्कृत भाषामा बिधाबारिधी गर्नु पर्यो भने बिकसित भनाउदा देश जानु पर्छ, ती सबैको उद्गम राष्ट्र नेपालमा त्यहि बिषयहरुमा द्वन्द्व किन सधै चलिरहन्छ? राजनीतिमा जे पनि हुन्छ भन्ने नाममा हाम्रो नेताहरु अराजक हुनुभएको त छैन? समृद्ध नेपाल र सुखी नेपालीको नाममा सम्पूर्ण समृद्धिका स्रोतहरु बन्धकीमा दिईरहेका त छैनौ ? हामी सचेत जनता र कार्यकर्ताहरु सतर्क हुने बेला भएको छ। नेपालको राजनीति नेपालकै माटाेमा टेकाउनु छ। एमसिसि( MCC)ले हाम्रो राष्ट्र समृद्धि हुन सकिदैन, चाईना को राजदुतले हामीलाई सुखी दिन सकिँदैन, भारतको जाँच नभएको तरकारी भित्र्याउन नेपाल को गोलभेडा पुरेर हामी समृद्धिमा पुग्न सकिँदैन। यी सबै कुरो को चुरो हो , नेपाल राष्ट्रको भुगोल पहिचान गर्नु ।र भुगोल अनुसारको निति र राजनीतिक नेतृत्व स्थापित गराउनु हो ।
    टोखा नगरपालिकाको सफल एवं भुगोल पहिचानका साथ समृद्ध टोखा र सुखी टोखाली को अाधार तथा जगको रुपमा प्राचीन टोखा संरक्षित क्षेत्र घोषणा गरिएको छ।
    त्यहि नीति अनुसार विकास निर्माण स्वरुप एकरुपताका साथ मौलिक ढुङ्गा बिछ्याइरहेको छ। पंञ्चद्वार निर्माण गरि सुरक्षा किल्लाहरु निर्माण गरि मजबुत गरिदैंछ।


    यी सबै कार्यको कार्यान्वयन मुल्यांकन नेताहरूलाई नै गराउनुपर्छ। त्यसको लागि हामी जनता र कार्यकर्ता सबै भन्दा पहिला सचिनुपर्ने देखिन्छ । उदाहरणका लागि हाम्रो टोखा नगरपालिकालाई लिन सकिन्छ । टोखा नगरपालिकाको सफल एवं भुगोल पहिचानका साथ समृद्ध टोखा र सुखी टोखाली को अाधार तथा जगको रुपमा प्राचीन टोखा संरक्षित क्षेत्र घोषणा गरिएको छ।
    त्यहि नीति अनुसार विकास निर्माण स्वरुप एकरुपताका साथ मौलिक ढुङ्गा बिछ्याइरहेको छ। पंञ्चद्वार निर्माण गरि सुरक्षा किल्लाहरु निर्माण गरि मजबुत गरिदैंछ। यसरी नै उपत्यका र देश भरिका जनता र कार्यकर्ताहरु निस्वार्थ रुपमा लाग्नु अाजको आवश्यकता हो।
    (easy-money) सजिलो पैसा कमाउने र नेताहरूको गुलामी राजनितीले राष्ट्र समृद्ध हुन सकिँदैन।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै