•            
    • TOKHA LIVE

    • २० मंसिर २०७९, मंगलवार १८:०२

    ” आगामी सरकारको नेतृत्वमा सक्षम युवाको आवस्यकता “

    -काशिराम घिमिरे

    जसरी पुर्वबाट बिहानिको उसाकिरण सगै उज्यालो छाउछ अनि आनन्दको नयाँ बिहानिको सुरुवात हुन्छ।दिनका आफ्ना दैनिकी हरु आफ्ना योजनाहरु प्रयोग हुनथाल्छ्न ।त्यसैगरी नयाँ जोस जागर भएका युवा सक्तीपनि एउटा बिहानिको उदाउदो घामसरी उदाइअरहेका छ्न ।जसमा देश बनाउने मिठा सपनाहरु मन मस्तिष्क साथै कलमले दायरिहरु पोतिएका छ्न ।ती ब्यबहारिक रुपमा प्रयोग गर्ने समय आयोकी ।समयले यस्तै मागेको छ।आउ युवा भन्दैछ।देशले खोजिरहेको छ।

    भनिन्छ परिबर्तनकका संम्भाहक युवानै हुन।युवामा जोश ,जागर योजनाहरु कामगर्ने अाँटहरु धेरै हुन्छन् त्यसैले युवाबिना देशमा परिबर्तन संम्भवछैन । देशमा भर्खर निर्वाचन भइ मतपरिणाम अन्तिम चरणमा पुगेकोछ। विभिन्न दलहरु यसमा सङ्लग्न थिए त्यसक्रममा मुख्यमानिएका तिनदल नै फेरि पहिलोदेखी तेस्रो स्थान हासिल गरेकाछ्न ।जसमा नयाँ उदयमान दलकोरुपमा स्वतन्त्र पार्टी आएको छ ।जसलाइ मुख्यदलप्रतिको जनताको असन्तुष्टिलाई पनि लिन सकिन्छ। मुख्यदलहरुले जनताप्रतिको बाचापुरागर्न नसकेको ।जनताका इच्छा आकाङ्क्षाहरु पुरागर्न नसकेको ।गरिवदुखीको घाउमा मलाम लगाउन नसकेको ।देशमा उधोगधन्दाको बिकाशगरी रोजगारीको सिर्जना गर्न नसकेको ।हजारौं युवाहरु प्रत्येक दिन रोजगारीको खोजिमा बिदेशीन बाध्य भएको ।देशमा गरिबी हटाउन नसकेको कारणले गर्दापनी योहुन गएको पाइन्छ ।
    लोकतान्त्रिक गणतन्त्र पछि वा ६२/६३को जनआन्दोलन पछिका मुख्य दलका क्रियाकलाप हेर्दा ।जनताको संविधानत बन्यो तर जनअपेक्षा अनुसार कामहुन सकेको छैन यो समयमा मुख्यमानिएका दलनै सत्ता सक्तिसमालिराखेका छ्न।घुमिफिरी शीर्षमानिएका दलका मुख्यनेतानै पटक पटक सरकारको नेतृत्वमा पुगे तर यसबिचमा ।पटक पटक प्रधानमन्त्री र मन्त्री बन्ने मात्रै काम भयो तर देश र जनतालेनयाँ शासनप्रणालीको बिकासको अनुभुती लिन सकेनन् ।
    त्यसैले यसपटकको निर्वाचनको परिणाम केही मिश्रित आएको छ तरपनी मुख्यतिनदल नै मुख्यपोजिसनमा देखिन्छन् ।यो परिणामले आगामी पाँच बर्ष देशमा मिलिजुली सरकारको नेतृत्व गर्ने बौमत दिएको छ।साथै शीर्ष विभिन्न दलका नेताहरुले यो अबस्थामा मिलिजुली सरकार गठन गर्ने र नेतृत्व प्रतिभाशिल युवासक्तीलाई दिनसक्नुपर्छ ।किनभने पटक पटक नेपाली जनताले उनिहरुलाइ प्रधानमन्त्री बनाइसकेको र उनिहरुको जनमाझमा परिक्षण भएकोले पुरानो नेतृत्व बाट खासै आशा नभएको कारणले अव देशको नयाँ नेतृत्व युवासक्तिलाइ दिनुपर्छ।

    यो चुनावले धेरै युवासक्ती निर्वाचित गरेको छ ।यो परिणामले नयाँ युवालेनै आगामी देशको नेतृत्व गर्नुपर्छ भन्ने जनताको अभिमत रहेको पाइन्छ ।युवाहरुमा छिटो परिबर्तन जनअपेक्षा अनुसारका कामहरु बिकास निर्माण रोजगारी सृजना र देशमा आर्थिक स्थायित्व आर्थिक उन्नति र जनताका इच्छा आकाङ्क्षा हरु छिटो बुझन र समय अनुसार चल्न सक्छ्न ।परिबर्तनका सम्वाहक युवालेनै देशामा प्रत्यक्षरुपमा जनताले देख्नेगरी शासन प्रणालिमा नयाँ आयम दिन सक्छ्न।युवासक्ती भित्र नयाँ बिचार सिद्धांत भिजन हुनेहुँदा उनिहरुलाइ आगामी देशको नेतृत्व दिनुपर्छ ।नेतृत्व हस्तान्तरण र पुस्ता हस्तान्तरण नेपाली राजनितिमा खासै कुनै पार्टिमा नदेखिएतापनी अब पुराना शीर्षनेताले यो समय अबस्य पनी बुझनुपर्छ।योअबस्थामा देशकोआर्थिक स्थिती राम्रो सन्तुलन अवस्थामा छैन ।बिकासले गति लिन र देशले बिकासमा फड्को मार्न सकेको छैन ।यशअवधिमा देशले ऋणको ठुलै भारी बोकेको छ स्वदेश भित्र आम्दानीका श्रोतहरु कम छ्न ।देशको राजस्वले देशमा चालू खर्च धान्न सकिराखेको छैन ।पुजिगत खर्चको लागि छुट्याएको रकम निकै कम छ त्यो पनि सबै खर्च हुन सकेको छैन ।त्यही पैसापनी बिदेश वा स्वदेश बाट ऋणधन गरि ल्याउनु परेको छ ।स्वदेशी बस्तुको उत्पादन निकै कम छ ।आयतको तुलनामा निर्यात निकै दयनिय अवस्थामा छ र व्यापार घाटा निकै छ।आयात देशको बजेटको रकम भन्दापनी बढी भएको पाइन्छ।देशले यो अबस्थामा सम्पुर्ण बस्तुको आयात गर्नुपरेको छ।

    त्यसैले देशमा नयाँ शासन प्रणाली कृषीमा आधुनिकी करण उधोगधन्दाको बिकाशगरि रोजगारी सिर्जना सडक खानेपानीको बिकास पर्यटन को बिकाश हाइड्रोपावरको बिकास पानीको सदुपयोग ।बैकल्पिक उर्जा नयाँ शिक्षा स्वास्थ्य र स्वदेश भित्रै लगानी गरि बिदेशिएका युवासक्तिलाइ आत्मनिर्भर हुनेखालका व्यापार ब्यबसाय गर्ने बाताबरण उत्पादित बस्तुहरुको बजार ग्यारेन्टी बिदेश निर्यातमा सरकारी सहयोग ।अन्तर्राष्ट्रिय समन्वय सहयोग सबै बिदेशी राष्ट्रसगसन्तुलित संम्बन्ध ।सबैक्षेत्रमा सम्बन्धित क्षेत्रका बिज्ञको सल्लाह गरि उनिहरुकै सल्लाहमा उक्तकाम ।सम्बन्धित क्षेत्रको ज्ञान हाशिल गरेको ब्यक्ती उक्तक्षेत्रको नेतृत्व गर्नुपर्ने यी राज्यका सबै क्षेत्रमा सम्बन्धित क्षेत्रका बिज्ञको प्रयोग सल्काह सुझाव आसय अनुसार अगाडि बढन बर्तमान अवस्थामा आधुनिक युवासक्तिलाइ नेतृत्व हस्तान्तरण गर्न सक्नुपर्छ ।यो अबस्थामा देशले युवानै मागेको छ युवामा शासन गर्ने थुप्रै आट देखिन्छ उनिहरु भित्र राम्रा योजना हरुछ्न जसको प्रयोगले गर्दा देशले पाँच बर्षमा राम्रो प्रगति हासिल गर्न सक्छ् ।युवाले भस्टचार नियन्त्रण गरि सन्तुलन जनसेवा दिन सक्छ्न। एउटा सभ्य समाज निर्माण गर्न सक्छ्न।सुन्दर देश बनाउन सक्छ्न । हाम्रो देश प्राकृतिक हिसावले जति सुन्दर छ शासन प्रणाली र बिकास निर्माणले देशलाई अतिकम बिकसित बाट बिकाससिल बिकाससिल बाट बिकशित देशमा गइ देश उन्नतिको बाटोमा जानसक्छ।
    त्यसैले अब देशमा नयाँ सक्तिलाइ देशको शासन प्रणाली हाक्ने जिम्मा दिनुपर्छ।देशमा अब पुरानानेतागण हरु सम्मानित भएर सल्लाहकारमा बस्न सक्नुपर्छ ।अभिभावकत्व हुनुपर्छ । आफ्ना पार्टीका सक्षम युवालाइ देशको नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।किनकी देशको बर्तमान बिद्यमान अबस्था र निर्वाचनले मागेको निर्वाचनको संदेश र पनि समयको माग पनि मिलिजुलि पाँचबर्षको स्थायित्व सरकार हो यो अबस्थामा परिबर्तनका सम्भाहक सक्षम युवासक्ती नै नेतृत्वमा आउनुपर्छ ।किनकी देशले परिबर्तन चाहेको छ ।नयाँ युवा मागेको छ एउटा सक्षम!ब्यक्ति मागेको छ।

    टाेखालाइभ डट कममा मंसिर २० गते मंगलवार प्रकाशित काशिराम घिमिरेको लेख।

    काशिराम घिमिरे लेखक सहकारी विज्ञ तथा युवा अर्थक्षेत्रको जानकार ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै