•            
    • Hikmat Dangol

    • १२ असार २०७७, शुक्रबार १८:००

    हामी नदिका दुई किनारा, हाम्रो मिलन असम्भव छ!

    Babu Ram Ghimire , Buddhist Study, TU. , PhD Scholar

    टोखा लाइभ । २०४४ सालमा, स्कुल जीवन सकेर कलेज जाने तीब्र इच्छा आकांक्षाका साथ पहिलोपटक काठमांडू सहर पाइलो हालियो, जहाँ अहिले मेरो स्थायी बसोबास छ | गणित र विज्ञान मूल विषय बनाई, प्रविणता प्रमाणपत्र तह शिक्षाशास्त्र अध्ययनका लागि महेन्द्र रत्न क्याम्पस ताहाचलमा भर्ना भइयो | २०४५ साल मङ्सिर १ गतेदेखि बाट, ४५ दिनको अभ्यास शिक्षण-शिक्षकका रूपमा, श्री तरुण मावि बालाजुमा हाजिर भए|सम्भवत हामी १० जनाजति थियौं | निकै कौतुहलता पैदा भयो, क्याम्पसका सहभागीहरूको तर्फबाट, मैले सानो मन्तव्य दिनु पर्ने भयो र मन्तब्य कार्यक्रम सकियो |


    अब म आफ्नो कोठा नयाँबजार सोह्रखुट्टे – कुमारी गल्ली तिर लागे | तयार भयो मेरो पैदल यात्रा, school compound बाहिरपट्टि कक्षा ८ का, एकहुल विद्यार्थीहरु जम्मा हुँदै, मसँगै पैदलयात्रामा लागि साथ मिल्यो | सायद , उनीहरूको पनि बसाइ को क्षेत्र मिल्थ्यो होला | बाटोभरि, विद्यालयका वातवरण, पढाई आदिका बारेमा वार्तालाप भए | विद्यार्थीहरु सँग थोरै साथीको भावमा, प्रेम भावमा कुरा गर्न पाउँदा मलाई ज्यादै खुसी लाग्यो|मलाई मात्र होइन, विद्यार्थीहरु पनि अत्यन्तै खुशी र उत्साहित देखिन्थे |सायद, उनीहरुका पुराना शरहरुबाट त्यसरी साथीको भाव, उनीहरूको कुरा सुनिदिने, मिठो शब्दमा जवाफ फर्काउने, सहज वातावरण भएको थिएन कि ? सहज वातावरणमा कुराकानी नै हुँदैन थियो होला ! कति त मनका कुराहरु राख्न पाउँदैनथे होला ! भन्ने मलाई अहिले लागिरहेको छ | यो क्रम ४५ दिन सम्मका लागि भएपनि, झन्डै २ महिनासम्म चलिरह्यो | विद्यार्थीहरुसँगको सामिप्यता र सिकाइ क्रियाकलाप को अझ तीव्र हुँदै गयो |जसले गर्दा पुराना शिक्षकहरूको तुलनामा, हामी नयाँ शिक्षकलाई, विशेष मलाई, विद्यार्थीहरुले रुचाएको अनुभव, मलाई अहिलेसम्म पनि लागिरहेको छ |
    हाम्रो बिदाई कार्यक्रमको आयोजनाका लागि, आयोजक समिति निर्माण भयो | जसमा म पनि सहभागीका तर्फबाट समितिमा रहे | एउटा बिदाई कार्यक्रमको लागि भव्य मञ्च व्यवस्थापन गरिएको थियो | उक्त कार्यक्रम मैले सञ्चालन गरेको थिए | यहाँ सांस्कृतिक कार्यक्रमको माहोल तात्यो र विद्यार्थीहरुले बिदाई गीतहरू गाए |त्यसपछि रुवाबासी चल्यो ! रुवाबासी किन चल्यो ? साँच्चै भक्कानिदै गरि मुटु मिचि मिचि विद्यार्थीहरु रोए ! सिङ्गो वातावरण तानिने गरि रोए ! मन भित्रैबाट रोएजस्तो गरि रोए ! र हामी पनि रोयौ, सबै शिक्षकहरु रुनैपर्ने भयो ! त्यसै बीचमा मलाई एउटी कक्षा ८ की सिम्खडा थरको नानीले, झ्याप्पै अँगालो हालेर रोइन ! र भनिन्, प्लिज हामीलाई छोडेर नजानुस् ! भन्दै झनै डाको छोडेर रोइन ! सबै विद्यार्थी स्तब्ध भए | प्रेरणाले, हामी नदीका दुई किनारा हाम्रो मिलन असम्भव छ भन्ने गीत गाइएकि थिइन !


    विद्यार्थीलाई पढाउने होइन सिकाउने हो भन्ने सोच सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीले बुझ्न जरुरी छ | पढाउनु र बुझाउनुको अन्तर बुझ्नु नै शिक्षक हुनु हो | प्रशिक्षण गर्नु कहिले शिक्षण हुँदै होइन | शिक्षिकले किताबी ज्ञान/ शिक्षा मात्र दिएर हुँदैन | धर्म-संस्कृति, लैङ्गिक भावना, वैज्ञानिक चिन्तन, चिकित्सक, प्राकृतिक चिकित्सक, मनोचिकित्सक, क्षेत्रीय/ साम्प्रदायिक भावना, न्याय कानुन, हरेक भाषाको ज्ञाता आदि इत्यादि को बारेमा स्पष्ट हुन जरुरी छ | यतिमात्र होइन, उसले घरपरिवार, समाज, व्यक्तिगत समस्या, सामाजिक समस्या, राष्ट्रिय र अन्तर्राष्ट्रिय, समस्याले ल्याउने घटना, रोगव्याधी, प्रलय, महामारी आदि जस्ता बारेमा पनि उत्कृष्ट ज्ञान राख्न जरुरी छ | शिक्षकले आत्मैदेखि ज्ञानको भण्डारलाई विकास गरी सम्प्रेषित गर्नुपर्दछ | आफूले जे जानेको छ, त्यति मात्र सम्प्रेसित गर्ने होइन, सिकारु लाई जति आवश्यक छ त्यति दिन जरुरी छ | सम्भवत यही कुरो रुने विद्यार्थीमा नदीका दुई किनारा खड्केको थियो |


    हामी (म) नयाँ पुस्ता हुँदै, पुरानो पुस्तामा परिणत भइसकेका छौं | विद्यार्थी भाइबहिनीहरु शिक्षामा ज्ञानबाट, कोही बन्चित हुँदा, हामी यो भावना राख्ने विद्वतवर्गहरुले, अधिकतम त्यसको उपयोग गरी, सम्पूर्ण विद्यार्थी, अभिभावक, स्वयम शिक्षक, सिंगो जनता हुँदै राष्ट्रलाई र अन्तराष्ट्रिय रुपमा नै योगदान दिन तयार छौं, भन्ने सन्देश दिन चाहन्छु, म सम्पूर्ण विद्युत वर्गहरु र शिक्षकहरूको तर्फबाट | यी सबै uptodate भएकागुरु र uptodate नभएकागुरु, नै नदीको दुई किनारा हुन | जसको मिलन असम्भव छ | प्रेरणा, तिमीले गायको कालजयी गित, मेरो मानसपटलमा लाहाछाप बनेर बसेको छ | त्यसैले म तिमीलाई भेट्न चाहन्छु, अब छिट्टै हाम्रो हाम्रो मिलन सम्भव छ, म तिमीलाई छिट्टै भेट्न चाहन्छु प्रेरणा | बाँकी सबैको जय होस् !

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै