•            
    • Hikmat Dangol

    • ३ असार २०७७, बुधबार ११:२८

    गृहमन्त्रीलाई पत्र

    श्री माननीय गृहमन्त्री ज्यू
    सिंहदरवार काठमाण्डौ, नेपाल ।
    विषय ः सवारी साधनको उपयोग सम्वन्धमा ।
    उर्पयुक्त सम्वन्धमा कोभिड १९ कोरोना भाइरसको कारणले गर्दा सवारी साधनमा सायद सरकारले जारी गरेको जोर विजोर पनि ठीक होला ।अहिले सार्वजनिक गाडीहरुको सञ्चालनमा निजी गाडीहरु जोर र विजोरमा चलाउन पर्ने छ कि छैन त्यो सरकारस“ग आकडा होला र त्यही अनुसार योजना पनि वनेको होला र त्यसैको कार्यन्वयनको पाटो पनि होला । त्यसमा मेरो भन्नु केही छैन ।
    सवार्रीको साधन मोटरसाइकलको प्रयोग सम्वन्धमा गरिएकको निर्णय अलिक अव्यवहारिक लागेको छ । रातभरी एउटै विस्तारामा सुत्ने लोग्ने स्वास्नी एउटा मोटरसाइकलमा जान पाउदैन तर पनि आफ्नो कार्यलयसम्म पुग्नको लागि करिव २ घण्टा हिड्नुपर्छ , काम नगरेमा वालवच्चा र आफ्नो मुखमा माड पर्दैन, सरकारले वाडेको ८ किलो चामल, १ किलो दाल, १ किलो नुन, र १ लिटर तेल उसको भागमा पर्दैन किनकि उ जागिरे हो र दिइहाले पनि राहत सामग्री लिएर उपभोग गर्न सहज मान्दैन किनकि उसको हुर्काइ त्यसरी नै थियो । एक कप चिया पनि अरुले खुवाएको पेचिलो पर्छ उसलाई किनकि उसले सानै देखि सिकेको थियो दिएर खाउ मागेर नखाउ । उसलाई अरुलाई दिनको लागि आनन्द आउछ, तर अरुले दिएको सामग्री उपभोग गर्न उचित लाग्दैन र उसको पहुचमा कोही पनि छैन सहयोग माग्नको लागि पनि ।। वुवाको जागिर पनि पञ्चायतको विरुद्दमा लागेको भनेर तत्काल सरकारले जागिरबाट वर्खास्त गरको थियो । पञ्चायतको अन्तेपछि विीभन्न सामाजिक संघ संस्थाहरुमा कतै अध्यक्ष, कतै सचिव भएर काम गरको देखेको व्यक्ति, कसैले पढ्न पाएन, खान पाएन भनेर सुन्दा आफ्नो खल्तिबाट पैसा दिएर पठाउने व्यक्तिको सन्तान कसरी पुग्न सक्छ अरुको सरणमा मागेर खान । खोइ ती बाले देखेको सपना कहा“ हरायो ।
    विद्यालयमा पढाउने शिक्षक सामन्ती भए भन्दै रुखमा शिक्षकलाई झुण्डाएर मारेको दिन, शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्छ भनेर केही सामुदायिक विद्यालयले विद्यार्थीको अभिभावकस“ग अनुमति लिएर केही रकम उठाउदा जुत्ताको माला पैरिएको समाचार सुन्दाको दिन, राजा वीरेन्द्रको वंश विनास भएको दिन, मदन भण्डारी र जिवराजको सवारी दुर्घटनाको दिनमा अनुहारमा देखिएको पिडा देखेको मानिस, आफै गरेर खानुपर्छ, कमिशन लिनुहुदैन भनेर भन्ने वावु आमाका सन्तान कसरी झुक्न सक्छन त वाच्नको लागि ।
    भ्रष्टाचार गर्नुहुदैन भनेर दिक्षित भएकाहरुमा न चिल्ला गाडी नै छन , न वस्नको लागि आफ्नै नामको झुपडी छ, त्यही पनि खुशीमा नै दिन विताएका छन किन कि वाच्नको लागि भिख माग्नु परेको छैन, कही कतै भ्रष्टाचारमा नाम जोडिएको छैन ।त्यसैले पनि उ खुशी थियो तर आज अचानक पिडा थपिएको छ किन कि उ एक प्राइभेट कम्पनीमा काम गर्छ , अफिसले वोलायो कामको लागि तर गाडी छैन अफिस“ग, र उसको परिवारमा भएको एउटा मोटरसाइकल , त्यसमा पनि एक जना मात्र गुड्ने रे ? रातभरी एउटै बेडमा सुत्ने, तर त्यही व्यक्तिस“ग अफिससम्म पुग्दा कसरी कोरोनाले आक्रमण गर्ला त ? वच्चा विरामी हुन्छ अस्पतालसम्म कसरी लैजाला त ? २ वा ३ किलोमिटरको दुरीमा अस्पताल पुग्दा रु १५०० लिएको छ एम्वुलेन्सले पनि । त्यसैले यसलाई कसरी सहज वनाउन सकिन्छ, त्यतातिर सोच्ने हो कि?
    मन्त्री ज्यू कोरोनाले भन्दा आत्महत्या ठूलो महामारी भएको छ किन ? किन कि न्याय हराएको छ । छातीमा हात राखेर आज तपाइलाई गृह मन्त्रीको हैसियतमा पुर्याउनको लागि तपाइले देखाएको सपना साचो थियो भनेर चित्त वुझाउन सक्नुहुन्छ त ती तपाइको आवाजलाई साचो मानेर नेपाल र नेपालीको लागि मुक्ति दिलाउन भनेर लाग्नेहरुलाई । तपाइले उपयोग गरेको सुविधा दिन सक्नुहन्छ त ? राजेन्द्र महतोले प्रतिनिधि सभामा नै समानता छैन भनेका थिए, भुपु प्रधानमन्त्रीले वोल्ने समयमा समयको निर्धारण नहुने तर सभासद वोल्दै गर्दा समय तोकिदा समनता कहा“ छ भन्दै सभामुखलाई अनुत्तरीत वनाएको क्षणले देशमा गणतन्त्र नभएको भान हुदै थियो, देशको भूगोलको वहस चलिरहेको थियो, मेच भाचेको अवस्था थिएन, विरोदमा गएको अवस्था थिएन, भाला वोकेर कोही आएका थिएनन तर जे भएपनि त्यस समयान पनि मधेशी हेपिएको पिडा वोल्नको लागि समय थिएन, वारम्वार सभामुखको समय सकिएको जनाउ थियो ।
    के अहिलेको गणतन्त्रमा भ्रष्टाचार, सामान्ती, शोषक, परिवारवाद वा जहानिया, निरकुंश, भोगविलासी, ढिलासुस्ती, फरियावाद शव्दको अर्थ परिवर्तन भएको होकि नत्र किन हिजो जसको विरुद्दमा जे नारा लगाइन्थ्यो नि हिजाका सत्ताशिनहरु अहिले सडकमा छन र तपाइहरुले लगाएका नाराहरु उनीहरु सडकमा तीनै तपाइहरुको विरुद्दमा गुञ्जाएका छन किन । के हेर्ने आ“खा फेरिएका हुन कि सत्ताधारीहरुको प्रवृति नै त्यही हो ? मैले वुझ्न सकिन, जनता वुझ्न सकेनन कि तपाइहरुले वुझाउन सक्नु भएन । यी अनुत्तरीत प्रश्नहरुको जवाफ नेपाली खोज्दैछन । नरसंहार हिजो भएपनि त्यही तपाइहरुले गुञ्जाएको आवाजको लागि फेरि नदोहोरियोस । कानून सवैको लागि समान होस । अवसर सवैले प्राप्ती गरोस ।
    हिजोको दिनमा दिलाइने त्यही शिक्षा वुर्जुवा कसरी भयो र अहिले कुनै कमा, पूर्णविराम पनि परिवर्तन समेत नगरिएको शिक्षा कसरी जनपक्षिय वन्यो । आज त्यही शिक्षा कसरीप प्रगतिशील हुनपुग्यो ? यी प्रश्नहरुको जवाफ कसले दिने ? मेरो गा“उमा एक जना दाइ हुनुहुन्थ्यो, स्वभाव उदण्ड नै थियो , पछि गएर आर्मीमा भर्तिहुनभयो, गाउको पहिलेको उदण्ड पछि सवैको प्रिय हुनुभयो तर आर्मीमा जागिरे भयो भनेर त्यतिखेर माओवादीले फाइरिङ गरे, संयोगले कानलाई नछोइकन गोली गएछ, भागेर वाच्न सफल हुनुभयो तर आज उहाको होस छैन परिवार अलपत्र छ । त्यो दाइको परिवारले न्याय पाउन पर्याे नि । दोषि को । हिजो निसानाबाट वाचेका प्रहरी र सेनाले हजुरको सुरक्षा दिइराखेका छन । राजनीति गर्ने मानिसले झुटा सपना वाड्नु गलत थियो र भोलिको लागि पनि गलत नै रहने छ । सधै सत्य केही पनि नहुन सक्छ , आजको सत्य भोलि गएर मिथ्या हुन सक्छ । तैपनि मानव समाज हो, सवैलाई चित्त वुझाउन नसकेपनि चित्त नवुझाउनेले र गर्नेले पनि एकान्तमा रहदा तपाइहरुको क्रियाकलाप ठीक थियो भनेर भन्न सक्नु पर्छ । के भन्न सक्नुहुन्छ तपाइले देखाएको सपना, देखेको सपना र अहिले तपाइले गरेको क्रियाकलापमा तपाइ सन्तुष्टं हुनुहुन्छ ?
    त्यसैले कोरोनाको त्रास भन्दा भोकको त्रास वढिरहेको अवस्थामा सचेत रहनु सरकार देखि नागरिकको कर्तव्य हुनेछ । हामी कोही पनि भ्रममा रहनु हुदैन र अरुलाई पनि पानुृहुदैन । मृत्यु अन्तिम सत्य हो । मानिसले थुपारेको सम्पतिको केही अर्थ छैन । कोरोनाले देखाएको छ मर्दाको समयमा मलामी समेत नपाउने भएपछि किन भ्रष्टाचारका कुराहरु सडकमा आउछन, सडकमा हिड्न समेत सामान्य नेपालीले नपाएको समयमा लाखौको गाडी खरिदमा सायद नेपालीले आपत्ती मान्दैन थिए होला तर करौडौको गाडी किनिएका कुरा आउछन । गणतन्त्रमा पनि किन नेता र जनाता विचको भेद । भु.पु मन्त्री र प्रधानमन्त्रीलाई किन व्यक्तिगत सुरक्षा ? समाजको सुरक्षामा नै नेताहरु सुरक्षित हुनुहुनेछ । सेना र प्रहरीले सुरक्षा दिन सक्ने भए आजको दिनमा पनि विरेन्द्रको परिवार हाम्रो सामुमा हने थिए होलान । त्यसैले सोचेर निर्णय लिने वेला भयो कि । यहा पस्किएका घटनाक्रमहरु पुराना घाउ कोट्याउनको लागि होइन, समाजमा सदभाव फैलाउनको लागि नै हो र तपाइस“ग सहयात्रा गरेका सहयात्रीहरु तपाइको विरुद्दम्ँँ म्ँँेर्चावन्दी गरिरहेको समयमा फेरि अर्को नाटकको मञ्चन गरी निहत्था मानिसहरुको हत्या हुन नपुगोस ।
    देश वनाउनको लागि सदभाव चाहिन्छ । सदभावको साथमा कर्मशील नागरिक चाहिन्छ । योजना चाहिन्छ । इमान्दारिता चाहिन्छ । कमिशन र भ्रष्टाचार प्रति घृणा चाहिन्छ । भ्रष्टाचार र कमिशनमा लिप्त हुनेलाई सामाजिक वहिष्कार गरिदिउ, इमान्दारलाई पुरस्कृत गरिदिउ । सवैलाई आफ्नो देखौ । जतभातमा भेदभाव नगरौ तर जात जातकिो संरक्षण गरौ । नेपालको विकास चाहेर पनि रोकिदैन, वन्ुदुक हिजो पड्किए अव पड्किने वातावरण नदिऔ । आजलाई यति मात्र । यहा लेखिएका शव्दले कही कतै ठेस पुर्याएको छ भने माननीय मन्त्रीज्यूमा माफिका साथ विदा हुन्छु ।
    चन्द ्रकान्त पण्डित
    पोखरा म.न.पा ३२
    भुइकाथुम्का, कास्की नेपाल ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै