•            
    • TOKHA LIVE

    • १ जेष्ठ २०७७, बिहीबार ०२:४१

    लकडाउनमा अनलाइन पढाइ गर्दै :-

    ~सुष्मा श्रेष्ठ ~

    मेरो नाम सुष्मा श्रेष्ठ हो। म टोखा नगरपालिकामा बस्छु ।हाल म बी बी ए तेस्रो सेमेस्टरमा अध्ययनरत छु। अहिले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेको बेलामा हाम्रो ठमेल स्थित “एटलान्टिक इन्टरनेशनल कलेज “ ले पनि दैनिक ३ घण्टा अनलाईन विधिबाट विद्यार्थीहरुलाई पढाउन शुरु गरेका छन् ।

    कोरोनाको महामारी र लकडाउन जारी रहेकै अवस्थामा शैक्षिकसत्र कहिलेबाट शुरु हुने र कहिलेदेखि नियमित कक्षा सञ्चालन हुने निश्चित नभएपछि मैले पनि अनलाइन कक्षा शुरु गरेका थियौं।कोरोना संक्रमणका कारण चैत ११ गते नै विदा दिएका कारण कलेज र विद्यालयहरुले अहिले सम्म पनि नयाँ शैक्षिक सत्र शुरु गरेका छैनन्।जुन निकै दु: ख लाग्दो कुरा हुन्।

    तर अनलाईन कक्षा लिने मेरा साथीहरू पनि कम छन्। किनकी यहाँ सबै ठाउँमा अहिले इन्टरनेट को पहुँच भए पनि राम्रो संग काम गरेको छैनन ।।त्यसैले विद्यार्थीको सहभागिता कम रहेको छ।

    इन्टरनेटको कमज़ोरको साथै आवश्यक अन्य भौतिक पूर्वाधारको कमी तथा विद्यार्थी र शिक्षकहरु प्रविधिप्रति सचेत नभएका कारण पनि अनलाईन शिक्षा प्रभावकारी नभएको मेरो अनुभव छ । कलेजमा स्वयंम उपस्थिति भएर पढनु र अनलाइनमा पढनु धेरै नै फरक छ।

    कोरोना र बन्दाबन्दी समस्याले गर्दा कलेजमा उपस्थिति हुन सकेको छैन ! तपाईहरु सम्झने मनहरुलाई मिस गरेको छु! अनि सबै सम्झनेलाई.. खै किन आज शब्द विहीन भएकी छु ….,.!

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै