•            
    • Hikmat Dangol

    • २८ जेष्ठ २०७७, बुधबार १९:५३

    अपूर्ण नारी


    –ओमशंकर श्रेष्ठ

    बीए पास भएपछि त्रिविबाट समाजशास्त्रमा डिग्री गर्न म २०५४ सालमा धरानबाट काठमाडौँ पसेँ । घरमा आमाबाबु र आईए पढ्दै गरेको भाइलाई छोडेर । ३–४ रोपनी जग्गाको खेतीपाती र गाइभैँसी पालनबाट हाम्रो घरखर्च जेनतेनले चलिरहेथ्यो । डिग्री सकेर सरकारी सेवा वा एन।जी।ओ।मा जागिर खाई परिवारलाई गरिबीमुक्त बनाउने मेरो सपना थियो । त्यसैले बिहेवारी भई लोग्नेको घर सम्हाल्ने उमेरमा म उच्च शिक्षाका लागि काठमाडौँ आइपुगेँ ।
    नेपालको राजधानी काठमाडौँ धरानको मेरो सानो गाउँजस्तै सोझा, इमानदार र सस्तो थिएन । महँगी, फट्याइँ, प्रदूषण, मतलबी र अत्यन्तै प्रतिस्पर्धी रहेछ, यो ठाउँ । कुलेश्वरमा एउटा सानो घाम नछिर्ने कोठा भाडामा लिएँ । हप्तामा एकचोटि आउने दुई बाल्टिन पानी लिन पनि रातको निद्रै बिगार्नुपर्ने । कोठा भाडा ३ हजार, चामल घरबाटै आउने, नुनतेल, मसला, चिया चिनी, दूध र साबुनका लागि ३ हजार जतिमा टाइट बजेट बनाएथेँ ।
    घरबाट ल्याएको १० हजार रुपियाँ दुइै महिनामै चट । दुःखी आमाबाबुलाई थप दुःख दिने मनसाय भएन । कक्षा छोडेर हातमुख जोड्न सानो जागिर खाने विचार गरेँ । तर जागिर खोज्न त चिनजानका मान्छे चाहिने । म असहज, छट्पटी र तनावमा दुब्लाउँदै गइरहेकी थिएँ । घर छेउको राम साहुले पनि कतिञ्जेल सहन्थे र उधारो व्यापार ।
    बिहान दूध लिन जाँदा प्वाक्क भनिहाले उनले “बहिनी, बिहान बिहानै, बोहनी नै भएको छैन, पहिलेकै जम्माजम्मी हिसाब ११७५÷– पुगिसक्यो ।” मलाई झनक्क रिस उठ्यो ५० मिटर पर गई किन्ने हो भने सबै सामानमा दुईचार रुपियाँ सस्तै भए पनि म सम्पूर्ण चिज उसकहाँ किन्थेँ तैपनि उसले मलाई विश्वास गरेन । पसलमा तेस्रो अपरिचित व्यक्तिको अगाडि यसरी बेइज्जत हुनु परेकामा रिस र लाजले मेरा गालाबाट रगतै चुहिएलान् जस्ता राता भइसकेका थिए । बोली र शब्द समेत अनियन्त्रित भयो ।
    हड्बडाउँदै मैले भने, ‘राम दाइ १ दुईचार महिनामा सबै एकैचोटि तिरिहाल्छु नि धन्दा नमान्नुहोस् ।’ दुईचार दिन भन्नुपर्नेमा दुईचार महिना हुन पुगेछन् । राम दाइ फफताउन थाल्नु भो, ‘दुईचार महिना, मेरो पनि त सामान लिने साहुहरूलाई पैसा दिनुपर्ने, तिनीहरूले पनि दुईचार महिना पर्खिदिए त हुन्थ्यो नि १’ मैले कुरा सच्याउनै लागेथेँ । अचानक त्यहाँ उपस्थित अपरिचित तेस्रो व्यक्तिको स्वर मेरो कानमा ठोक्कियो ।
    – ए बहिनी हेर्दा विद्यार्थीजस्तो देखिनु हुन्छ रु
    – हजुर १
    – कहाँ पढ्दै हुनुहुन्छ रु
    – टी।यु। मा डिग्री गर्दै ।
    – घर कता प¥यो रु
    – धरान ।
    – यता एक्लै कि परिवारसँग रु
    – एक्लै ।
    – त्यसो भए साह्रै गाह्रो होला हगि रु
    मैले जवाफमा ती व्यक्तिलाई पुलुक्क मात्र हेरेँ । अन्दाजी ५३ उमेरका, औसत उचाइका, हातमा महँगो घडी, तीन औँलामा विभिन्न रत्नजडित सुनका औँठी, नाडीमा हात्तीको पुच्छरबाट बनाइएको सुनको बाला लगाएका थिए उनले । उनको अनुहारमा हल्का मुस्कान, सहयोगी र सहानुभूतिपूर्ण भावमिश्रित मुस्कान चम्किरहेथ्यो । निलो रङ्गको जिनको दामी सर्ट र क्रिम कलरको पोलिस्टर पाइन्टमा एडिडास स्पोट्र्स सुजको कम्बिनेसन भने कता कता नमिलेजस्तो लाग्यो । मैले अनुमान गरेजस्तो उनी रैथाने नभईकन बनेपातिरको नेवार रहेछन् ।
    पर्सबाट एउटा भिजिटिङ कार्ड निकालेर मलाई दिँदै उनले कुनै सहयोगको आवश्यकता परे सम्पर्क गर्नू भने । कार्डमा यस्तो लेखिएको थियो । एन्जेल्स बोर्डिङ स्कुल, नैकाप, फाउन्डर प्रिन्सिपल–रामकृष्ण बजिमय ९एमए÷एमएड० त्यसको मुनि विद्यालय र आफ्नो फोन नम्बरहरू थिए । आज मलाई रामसाहुको पसलबाट १० मिटर परको आफ्नो डेरासम्म पुग्दा मन निकै हलुङ्गो भइरहेको थियो । चिया पाकिनसक्दा मैले उनलाई फोन गरेँ, हलो १ को बोल्नुभयो रु मैले उनलाई आफ्नो फोन नम्बर त दिनै बिर्सेथेँ । भर्खर पसलमा।।। भन्नेबित्तिकै उनले, ‘अँ, अँ भन्नुहोस्, के सेवा गरौँ’ भन्नुभयो ।
    – सर, तपाइकै स्कुलमा पढाउने वा त्यस्तै कुनै सानोतिनो काम पाए हुन्थ्यो ।
    – केको सानोतिनो नि १ बी।ए।पासले त ठाँटले मिस भई पढाउने नि १ अ, आफ्नो सार्टिफिकेट र नागरिकताको फोटोकपी र केही फोटो लिएर आजै आउनुस् । केही फम्र्यालिटी त पूरा गर्नै प¥यो ।
    – मैले खुसीको आवेगमा “हस, सर १” मात्र भन्न सकेँ । थ्यान्क्यु समेत भन्न बिर्सेछु । छिटो छिटो खाना खाइवरी ट्रङ्कबाट मेरो गोरो र अग्लो शरीरलाई सबैभन्दा म्याच हुने कालो कुर्ता निकालेर लगाएँ । हुन त बाहिर जान लगाउने मसँग त्यो कालो र अर्को हरियोबाहेक अर्को कुर्ता थिएन ।
    मेरो व्यक्तित्वलाई निखार्ने सबैभन्दा राम्रो भनेकै मेरा आँखा थिए । तिनलाई अझै मिहिनताका साथ गाजलले सिँगारेँ । काठमाडौँ पसे यता पहिलोचोटि यति धेरैपटक मैले आफूलाई ऐनामा नियालेकी हुनुपर्छ । मभित्र एउटा नजानिँदो साहस र आत्मविश्वास पलाइसकेको थियो । गल्लीबाट निस्किँदा मैले राम साहुसँग धक नमानी आँखा जुधाउन पुगेँ । उनी अनौठो र आश्चर्य मान्दै मलाई हेर्दै थिए । माइक्रोबस चढेर म नैकापतिर लागेँ । करिब डेढ रोपनीमा फैलिएको रहेछ, त्यो स्कुल । मूल सडकबाट २० मिनेट जति भित्र थियो, त्यो तीनतले स्कुल । पहेँलो सर्ट र सेतो पाइन्ट र पहेँलो सर्ट र सेतो फ्रक लगाएर छात्रछात्राहरू स्कुल अगाडिको चौरमा खेलिरहेका थिए । प्रार्थना सभा हुन लागेको रहेछ । मलाई आधा घण्टाजति प्रतीक्षालयमा कुराइयो ।
    करिब २० उमेरकी एक सुन्दर युवतीले मलाई प्रिन्सिपलको कोठामा पु¥याइन् । उनको हाउभाउ र कोठाबाट उनी नगएको देखेर उनी सेक्रेटरी हुनुपर्ने अन्दाज लगाएँ । आकासे रङ्गको कटनको सर्ट, निलो ब्लेजर कोट र कालो जिन्सको पाइन्ट र कानै चश्मा लगाएका उनी बिहान देखिएभन्दा अलि धेरै व्यक्तित्वशाली देखिन्थे । सायद, त्यो उनको घुम्ने कुर्सीको कमाल पनि हुन सक्छ । हाम्रा देशका नेताहरूको अनुहार पनि मन्त्री, प्रधानमन्त्रीको कुर्सीमा हुँदा र नहुँदा धेरै फरक पाउन सकिन्छ । उनले अगाडिको सोफामा बस्ने सङ्केत गरे । मेरा सर्टिफिकेटहरू हेरे, अनि जिम्मेवारीपूर्ण गम्भीर स्वरमा मलाई भने, ‘पाँच कक्षासम्म पढाउनु सक्नुहुन्छ रु मेरो मतलब अङ्ग्रेजी माध्यम भएकाले रु’
    – सक्छु होला, सर, ट्राइ गर्छु ।
    – महिनाको अहिलेलाई ५ हजार मात्र । काम राम्रो भए पछि बढाउँदै लगुँला ।
    म उनको प्रस्ताव सुनेर ट्वाँ परिरहेँ । सेक्रेटरीको अनुहारमा एक कुटिल मुस्कान र रहस्यमय, अर्थपूर्ण भाव देखेँ । राम सरले कालो चस्मा फुकाल्नुभएन । आँखा पाक्दा, मात्तिएका आँखा, पापी मनका आँखा छोप्न मात्र मान्छेहरू कालो चस्मा लगाउँछन् भन्ने सुनेथेँ । देवताजस्तो मान्छेबारे आफ्नै मन कालो हुन थालेको देखी मलाई आत्मग्लानि भो ।
    – तपाईं, भोलिदेखि हाजिर भइहाल्नुहोस् । अँ, यो चिट लेखिदिएछु, आज बिहानै तपाईँको प्रोब्लम सुनिसकेँ । एकाउन्टबाट २ हजार एडभान्स लिई जानुहोला ।
    मेरा दस औँला आफैँ जोडिए, देब्रे आँखाबाट एकथोपा आँसु चुहियो । मैले उनको आँखा पढ्न पाइनँ, कालो चस्माले छोपिएका थिए ।
    सरिता नामकी ती सेक्रेटरीले मलाई त्यहाँका अन्य सर मिस र करिब ३ सय ५० जति विद्यार्थीसँग चिनापर्ची गराइदिइन् । रूटिन र पढाउनुपर्ने केही पुस्तक बोकेर म डेरा फर्केँ । केही नबोली राम साहुका हातमा दुई हजार थम्याइदिएँ । पैसा फर्काउँदै मसिनो डरमिश्रित स्वरमा राम साहुले भने– ‘रिसाउनु त भएको छैन हगि, बहिनी रु’ उनको कुरालाई वास्तै नगरी दुई प्याकेट रारा चाउचाउ किनेर म त्यहाँबाट हिँडेँ । मेरो जीवनमा यति सहज परिवर्तन आउँछ भन्ने सोचेकै थिइनँ । अब म समाजशास्त्रमा हैन प्राइभेटबाट राजनीतिशास्त्रमा एमए गर्ने सोचमा पुगेँ । किनभने दिउँसो टि।यु।धाउने अब सम्भव थिएन ।
    उत्साहपूर्ण दिनहरू बितेको पत्तै भएन । त्यहाँ पढाउन थालेको छ महिना बित्यो । केही सरसल्लाह गर्न राम सरको कोठामा गइरहनुपथ्र्यो तर अचेल म भित्र छिरेपछि सरिता बाहिरिन्थी । सरले कालो चस्मा खोलर मलाई हेर्दा मलाई आफू कतै त्यहाँ निर्वस्त्र त बसेकी छैन भन्ने लाग्यो । लाजले मेरा आँखा झुक्न पुग्थे । सरका आँखाले मेरा अङ्ग अङ्गलाई स्पर्श गरिरहेजस्तो लाग्थ्यो । तर केवल यो मेरै मात्र भ्रम हुन सक्ने सोच्दै म बाहिरिन्थँे त्यहाँबाट । तर मनभित्र भने कुनै बेला कुनै नमीठो घटना हुन सक्ने शङ्काले मलाई पछ्याउन थाल्यो ।
    लक्ष्मीपूजाको बिहान सरिताले फोन गरिन् ।
    – अनुराधा म्याडम १ आज स्कुलमा लक्ष्मी पूजा गर्ने रे १ अरू सरम्यामहरू आआफ्नो घर जानुभा रैछ । तपाई र मलाई भने सरले बोलाउनुभा छ । ५ बजेतिर पुग्नुहोस् है ।
    – प्राइभेट सेक्टरमा काम गरेपछि यसरी निजी समय पनि दिनुपर्ने रहेछ । मैले स्कुल जाने तयारी गरेँ ।
    सरिताले नै मेनगेट खोलिन् । पालेसमेत रहेनछ । पूजा कोठामा झिलिमिली बत्ती बलिरहेका थिए । सेफको भित्तामा लक्ष्मीको तस्बिर राखिएको थियो । छेउको टेबुलमा पूजा सामान हजारका नोटका केही बन्डल र जुस थिए । पूजा सुरू भयो, सरिताको मोबाइल बज्यो । उनी कुरा गर्दै कोठाबाहिर गइन् । राम सरले मलाई प्रसाद दिनुभयो । पेडा मुखमा हाल्दै गर्दा उनले मेरो हातमा एक गिलास थम्याइदिनुभयो । आफूले पनि गिलासबाट जुस पिउन थालेँ ।
    जुस पिएको १० मिनेटजति पछि मलाई शरीरमा रक्सीको मात चढेजस्तो झमझम हुन थाल्यो । अहँ, त्यो रक्सीको नशा थिएन । त्यति मदहोश हातलमा म जीवनमा कहिल्यै पुगेकी थिइनँ । मलाई कुनै साह्रो वस्तुलाई ग्वार्लाम्म अँगालो हालूँजस्तो भइरहेको थियो । मेरो श्वासको गति बढेको देखेर राम सरले मेरा गालामा आफ्ना दुवै हत्केला राखेर सोधेँ, ‘के भो अनुराधाजी रु’ पुरूष स्पर्श थाहा नपाएकी एक जवान नारी थिएँ । काठको मान्छे पक्कै म थिइनँ । मेरा लोलाएका आँखा देखेर राम सर अझै उत्साहित भए । यसपालि उनले मेरा नाङ्गा ढाडमा हातले सुमसुम्याउँदै छेउकै सोफामा पल्टिएर आराम गर्न भने । अनायस मेरो मुखबाट निस्कियो, ‘सरिता खै रु’
    – ए १ उनी त अघि नै हिँडिसकी घर ।
    – म आगो छेउ राखिएको नौनीझैँ पग्लिन थालँे ।
    कोठा बाहिरबाट सुुँइइइइइइ गर्दै रकेट उडेका र पटपट पटटटट पटाका पड्केको आवाज आइरह्यो । मलाई त्यो आवाज संगीतको सारेगम जस्तो मिठासपूर्ण लाग्न थाल्यो । अब कस्तो छ भन्दै राम सरले मेरो केश सुुम्सुम्याउन थाले । मैले बिस्तारै आँखा चिम्लेँ । मेरो नाकछेउ कसैको श्वासको आरोहअवरोह सुने । रात छिप्पिँदै गयो । सर मबीचको लाज र मर्यादाको सीमा भत्क्यो । रातभरि सपना हो कि विपनामा धेरैचोटि मैले आफ्नो शरीर गर्माएको र फेरि चिसिएको महसुस गरेँ । बिहान मैले सरसँग आँखा जुधाउन सकिनँ । उनले चोकसम्म गाडीले पु¥याइदिए । घरबेटी आमालाई त्रिपुरेश्वरमा सानीआमाकहाँ लक्ष्मीपूजा मनाएको बताएँ । नुहाइधुवाइपछि लिपिस्टिक झिक्न खोज्दा हत्तपत्त मोबाइल थिचेँ । सरको स्वर सुनियो ।
    – मैले बुझेँ, त्यो तिमीले नै राख्नू, जे हुनु भइहाल्यो, एक सपना सम्झनू, कुरा दुवैले गोप्य राखौँ । केही हुन्न, चिन्ता नगर । सर ‘तिमी’ सम्बोधनमा ओर्लिसकेका थिए ।
    – मैले केही भन्न सकिनँ । अँ ।।।।। ऊ ।।।। गरी फोन राखिदिएँ ।
    सम्बन्ध सुरू गर्न मात्र गाह्रो । सुरू भएपछि सहज ढङ्गले अघि बढ्दो रहेछ । म अलि एकान्त र गोप्य स्थानमा डेरा सरेँ । सरको बेरोकतोक आवजजावत हुन्थ्यो । कहिले, धुलिखेल, कहिले नगरकोट, कहिले ककनी, कहिले के हो कुन्नि कुन रिसोर्टमा हाम्रो भेटघाट हुन थाल्यो । सरको मिसेज र छोराछोरी थिए । त्यसकारण पनि म यस सम्बन्धप्रति बारम्बार आत्माालोचना र पश्चात्ताप गरिरहन्थेँ । हेर्दाहेर्दै म असिस्टेन्ट प्रिन्सिपल भएपछि केही गाइँगुइँ त चलेको थियो । तर कसैले मुख फोर्न सकेनन् । अलिअलि शङ्कास्पद मास्टर र कर्मचारी जागिरबाटै निकालिए ।
    मेरो परिवार र सरले धेरै चोटि मलाई कुनै राम्रो केटा छानेर विवाह गर्न नभनेको हैन । तर मलाई आफू बिटुलो भइसकेको नराम्रो महसुस हुन्थ्यो । फेरि विवाहपछि सरले केही गर्ने त होइन रु वा हामीबीचको सम्बन्ध पुनः लुकिछिपी जारी त रहन्न रु भन्ने विचार आउँथ्यो । मलाई सरदेखि अलि रिस पनि उठ्यो, डर र शङ्का पनि लाग्थ्यो र अलिकति माया पनि लाग्थ्यो । त्यसैले मैले विवाह गरी अर्को घटना जन्माउनेबारे सोच्दै सोचिनँ । मसँग अहिले बङ्गला, नोकरचाकर, गाडी, बैङ्कब्यालेन्स अर्थात् सुविधायुक्त जीवनका लागि आवश्यक सबै कुरा छन् ।
    तर लुकिछिपी शरीरको तृष्णा मेट्ने साथी भएर पनि समाजलाई देखाउने औपचारिक जीवनसाथी छैन । मेरो बारे मलाई चिन्नेहरूले नानाथरी अड्कल र कुरा काट्छन् होला । त्यसको मलाई रत्तिभर चिन्ता र परवाह छैन । तर त्यतिका बालबालिकाबीच स्कुलमा रम्ने मभित्र अझै आफ्नै रगतबाट बनेको एउटा बच्चा नभएकामा ठूलो पीर र चिन्ता छ । सधैँ नितान्त बालमोहबाट पीडित मैले आफूलाई एक असफल र अपूर्ण नारी ठान्ने गरेकी छु ।

    भिमसेनस्थान, काठमाडौं ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै