•            
    • TOKHA LIVE

    • २१ जेष्ठ २०७७, बुधबार २०:४८

    स्वयंसेवक शिक्षक, वलिका वोका नवनुन

    आजको वजेट भाषणमा माननीय अर्थमन्त्री श्री युवराज खतिवडा ज्यूले सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षकहरु खटाउनको लागि वजेट छुट्टाइसकेको अवस्थामा यो कार्यान्वयनमा आउने पक्का देखिन्छ । धन्नै धन्नै अस्थायी शिक्षकहरुको समस्याको समाधानको वाटोमा पुगेको तर राहत लगायत अन्य शिक्षकहरुको आवाजलाई नेपाल सरकारले नसुनिरहेका अवस्थामा फेरि स्वयमसेवक शिक्षकहरु विद्यालयमा पठाइ विद्यालय क्षेत्रमा पुन अन्योलको वातावरण सिर्जना गर्न खोज्दै छ । यसमा सम्वन्धित सवै सचेत हुनुपर्ने देखिएको छ । शिक्षक महासंघ, संघ, संगठनहरुले भोलिको शैक्षिक वातावरण नखलवलियोस भनि आजकै दिनमा सचेत हुनुपर्ने देखिन्छ ।
    श्री माननीय अर्थमन्त्री ज्यूले वजेट भाषणमा कक्षा ५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीलाई खाजाको प्रवन्ध र छात्राहरुको लागि स्यानिटरी प्याडको निशुल्क व्यवस्था गरेकोमा धन्यवादको पात्र हुनुभएको छ तर माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सवै निजि विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छु भनेर सम्वोधन गर्दै गर्दा सामुदायिक विद्यालय, शिक्षक स्वयम, शिक्षा मन्त्रालय र स्वयम सरकार माथि नै व्यङ्ग्यको रुपमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वढाउने जिम्मा सरकार आफैले लिइ, विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयलाई चुकेको वाटो पहिल्याइ मन्त्रालय मातहातका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक आदिलाई जिम्मेवारी वनाउनु पर्ने हो । तर त्यसो गरिएन ।

    मैलै आजकै दिनमा नया युवा युवतीहरु जसले आफ्नो शैिक्षक प्रमाणपत्र प्राप्ति पश्चात विद्यालयलाई कर्मथलोको रुपमा विचलित नभैकन यस क्षेत्रमा लाग्ने प्रण गनुभएको छ , एक शिक्षक भएको नाताले यहाहरुको इच्छालाई अन्तरआत्माले स्वागत गर्दै यहाहरुस“ग सहयात्राको पर्खाइमा छु तापनि समयमा नै यहाहरुलाई सचेत रहन अनुरोध गर्दछु । यदि तपाई नवजवानहरुको आर्थीक अवस्था राम्रो छ, शिक्षण पेशालाई केवल शोखको रुपमा ग्रहण गरी आफ्नो भावि जीवन विताउन सक्ने हैसियत तपाइहरुस“ग छ भने स्वयमसेवक शिक्षकको रुपमा सरकारले उपलव्ध गराउने रकममा खुशि भएर विद्यालयमा छिर्नुहोला अन्यथा तपाइको उर्वर समय र अन्य क्षेत्रमा समेत आयोगमा भिडी जुनसुकै क्षेत्रलाई पनि आफ्नो कर्मक्षेत्र वनाउन सक्ने वेलामा यस क्षेत्रमा समय दिनुहुन्छ तर उमेरको हद नाघिसके पछि तपाइको पारिवारिक दायित्व वढीरहेको वेलामा तपाइ यस क्षेत्रबाट हातधुनुपर्ने हुनेछ । यसमा सजग रहनुहोला ।

    सरकारले आफ्नो आवश्यकता पूर्ति गर्नको लागि स्वयंसेवक शिक्षक भनि तपाइहरुको भविष्यमाथि खेलवाड गदैछ । मेरो तर्फबाट सरकारलाई अनुरोध गर्दछु, जति स्वयंसेवक शिक्षक दिलाउन सकिन्छ, उनीहरुलाई परीक्षा लिई स्थायी शिक्षकको रुपमा मात्र पठाउनुहोला अन्यथा आजको तपाइको स्वार्थले भोलि लाखौ नागरिकहरुको जीवन विचल्ली हुनेछ र यसको जिम्मेवारी वर्तमान सरकारले भविष्यमा पनि वहन गर्न सक्नुपर्ने छ । स्वयंसेवक शिक्षकको रुपमा आउन चाहने मित्रहरु सजग रहनुहोला । आजको तपाइको गलत निर्णयको कारणले तपाइ भोलिको दिनमा वलिको वोका जस्तै वन्नुहुनेछ, निसाय, निर्लज्ज । सायद तपाइको आ“खाले देखिसक्नुभएको छ होला ।

    म मन वचन र कर्मले नै शिक्षक पेशालाई सर्वोपरी ठानी आफ्नो जीवन यसैलाई दिए । सुरुमा संस्थागत प्रावि विद्यालयमा र पछि मावि शिक्षकको रुपमा विद्यालयको स्नातक पढ्दापढ्दै मावि तहको अंगेजी शिक्षकको रुपमा काम सुरु गरे । स्नातक, स्नातकोत्तर र एमफिल सम्मको अध्ययन अंग्रेजी भाषामा पुरा गरे । आजको दिनसम्म म यस पेशाप्रति पूर्ण रुपमा सन्तुष्ट छु । मेरो मनमा वितृष्णा जागेको दिन यस पेशाबाट आझेलमा पर्ने छु ।
    आजको दिनसम्म शिक्षक नेतृत्व र नेपाल सरकारले कही अन्याय गरे जस्तो लागे पनि मैले अन्याय गरेजस्तो लाग्दैन विद्यालयको क्षेत्रमा । हो यही शिक्षण पेशालाई पनि मैले विश्वविद्यालयमा जानसक्थे, अध्यापन पनि कक्षा नर्सरी देखि स्नातोकत्तर सम्मका विभिन्न क्याम्पस तथा विश्वविद्यालयमा पिरीयण वेशमा विहानीको समयमा शिक्षार्थीसंग साक्षात्कार गराए तर पनि दिउसोको समयमा म १० वर्षसम्म अस्थायी शिक्षकको रुपमा सामुदायिक विद्यालयमा काम गरे र वर्तमानमा पनि रमाइरहेको छु ।

    अहिले म मावि तहको द्वितीय श्रेणीको शिक्षकको रुपमा कार्यरत छु । यदि नेपाल सरकारले मलाइ १० वर्षसम्म अस्थायी शिक्षकको रुपमा शिक्षक आयोग नखोलिकन राख्छभने त्यो मेरो दोष थिएन । यदि मेरो त्यो १० वर्षको सेवाअवधि गणना गरिदिने हो भने मैले पेन्सनमा विद्यायलयबाट निस्कन सक्ने समय हुनेथियो तर त्यो अवस्था रहेन । मैले शिक्षक भएको नाताले पाउनुपर्ने सवै कुरा पाएको छु । मलाई विद्यालयस्तरमा माविमा पढाउने गुरुहरु कति अस्थायीमा नै विद्यालयबाट निस्कन पर्यो, कति निमावि तहमा अध्यापन गराइरहनु भएको छ । नेपाल सरकारले चाहदा शिक्षकलाई प्रयोग गरेको छ तर अप्ठ्यारोमा उनीहरुलाई गलत्याएको छ । यो सरकारले ललिपप तपाइहरुलाई देखाउदै तपाइको भविष्य माथि खेलवाड गर्दै छ । सचेत रहनुहोला ।
    २०४९ सालदेखि सुरु गरेको शैक्षिक यात्रा आजको दिनसम्म अनवरत रुपमा विद्यालयमा लागिपरेको छु । मैले शिक्षाको क्षेत्रबाट पाउनुपर्ने सवै पाए तर १० वर्षको अस्थायी सेवा अवधि गणना भएन र हुदैन पनि यदि सशक्त आवाज नउठाएमा । मैले कक्षा १० को अंग्रजी विषयको पाठ्यपुस्तकको तीन जना लेखकमध्ये एक जना लेखकको रुपमा मलाइ पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले त्यो अवसर दिलाइ धन्य वनाएको छ । त्यस्तै गरी राष्ट्रिय शैक्षिक पुरस्कार समेत प्राप्ति गरिसकेको छु । मैले दरवन्दिमा रहेर धन्नै १० वर्ष अस्थायी रुपमा काम गरेपछि मात्र शिक्षक सेवा आयोग खुल्यो, स्थायी पनि भए, एक तह पदोन्नति पनि, अनि ढिलै भए पनि पशुपति मित्र माविमा हाल निमित्त प्रधानाध्यापकको रुपमा काम गर्ने अवसर समेत पाए, यद्दपि यो अवसर एक वर्ष अगाडि नै पाउनु पर्ने थियो, जसको वारेमा मैले सरोकारवालालाई मेरो वास्तविक अवस्था जानकारी गराएको थिए । तर सुनुवाइ भएन र संस्थालाई विवादमा तान्नुहुदैन भनेर कानूनी वाटोको खोजी चाहि गरिन । जहा म कार्यरत छु त्यहा मेरा तीनैजना छोरीहरु सगौरभ अध्ययन गरे र गरिरहेका पनि छन ।
    यही लेख मार्फत नेपाल सरकार र विधायिकाहरुलाई सम्पूर्ण शिक्षकको तर्फबाट नेपालका सामुदायिका विद्यालयका शिक्षकहरुको सम्पूर्ण अस्थायी सेवा अवधि गणना गरी उनीहरुको पिडामा मलम लगाउनको लागि चलिरहेको संसदमा शिक्षकको आवाज वनिदिनको लागि माननीय संसदज्यूहरुलाई अपिल गर्दछु । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरवारबाट जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार मजदुरको न्यूनतम मासिक पारिश्रमिक १३,४५०। हुने भनेतापनि इसिडि शिक्षकले रु मासिक रु ६,०००। र का.सले रु ११५०० र कार्यालय सहयोगिले रु ७५००। मा काम गर्न वाध्य छन । उनीहरुको आवाज अहिलेको वजेट भाषणमा सम्वोधन भएन । यी पिडितको आवाज कसले सुनिदिने र चालु संसदमा कसले वोलिदिने? संविधानमा समानतालाई मौलिक हक भित्र राखेको छ । यसलाई सम्वन्धित निकायले समयमा वुझि कार्यान्वयन गरिदिनको लागि पुन अपिल गर्दछु ।
    हाम्रो शिक्षक नेतृत्व निर्लज्ज छ । नेपाल सरकारले मजदुरको मासिक तलवको रुपमा १३,४५०। तोकेतापनि हाम्रा शिक्षक साथीहरु मासिक रु ६,०००। मा कार्य गर्न वाध्य छन । हाम्रो देशको संविधानले समनतालाई मौलिक हक भित्र राखेको छ । तर यो कसको लागि हो सम्वन्धित निकायले वुझ्नुपर्ने हो । शिक्षक आन्दोलन देखाउनको लागि मात्र भएको जस्तो देखिएको छ । कस्तो विडम्वना छ नेपाल महासंघ आन्दोलन गर्छ तर सरकारस“ग सम्झौता गर्छ पेन्सनको लागि ७ वर्षको सेवा अवधि गणना गर्दा पेन्सन हुन्छ भने उसको सेवाअवधि गणना गर्ने रे नत्र अरुको गणना हुदैन । शिक्षक आन्दोलन उत्कर्षमा पुग्छ, विज्ञान तथा शिक्षा मन्त्रालय शिक्षक नेतृत्वस“ग सम्झौता गर्छ तर कार्यान्वयन गर्दैन । यही छ शिक्षाको विडम्वना । आजको वजेट भाषण पछि शिक्षकहरुको आक्रोषित आवाज सन्चार माध्यममा देखिएका छन शिक्षकको नेतृत्व विदेश सवारको लागि हो तर शिक्षकको आवाज वन्नको लागि होइन । यो नेतृत्वमा देखिएको वितृष्णा हो । अझै वर्तमान शिक्षक महासंघको पेशाबाट निस्किसकेको शिक्षक महासंघको अध्यक्षले आफुलाई अध्यक्ष दावी गर्नुले पनि शिक्षकको उपहास भएको छ । यसको लागि शिक्षक नेतृत्व सजग हुनको लागि पनि अपिल गर्दछु ।
    भावि जीवन शिक्षामा विताउने विचार वोकेर आउने मित्रहरु, आज नै भोलिको वारेमा सोच्नुहोस, नेपालका वर्तमान र विगतका शिक्षकले भोगेका पिडा तपाइहरुले नभोग्नको लागि अस्थायीमा होइन, स्थायी भएर छिर्नाेस जसले तपाइको ध्यान विद्यार्थी, र विद्यालय माथि मात्र केन्द्रित रहने छ नकि भविष्यमा रोजिरोटीको लागि । यदि यस्तो वातावरण रह्यो भने र इमान्दार शिक्षक विद्यालयमा प्रवेश गरेमा विद्यालयको शैक्षिक गुणस्तर पनि वृद्दी हुनेछ । वर्तमान सरकारको अहिलेको गलत निर्णय भविष्यमा वोझ नवनोस । मेरो शिक्षक नेतृत्वले आवाज उठाओस वा नउठाओस शिक्षकको लागि, मैले र म भन्दा वढ्ता पिडितले भोगेका पिडा नव शिक्षकले भोग्न नपरोस भनि समयमा नै सचेत गराए ।


    चन्द्र कान्त पण्डित
    निमित्त.प्रधानाध्यापक
    पशुपति मित्र मावि चावहिल
    काठमाण्डौ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै