•            
    • TOKHA LIVE

    • १८ जेष्ठ २०७७, आईतवार २१:१३

    राष्ट्रवादी भन्न सजिलो छ तर हाम्रो मुलुक नेपालमा राष्ट्रवादी भएर बाँच्न कठिनाइ छ ।

    राष्ट्रियताको सवालमा राष्ट्रवादी भएकोले नै श्री ५ महेन्द्र शाहको हत्या , मदन भण्डारीको हत्या , जीवराज आस्रितको हत्या , श्री ५ बिरेन्द्र शाह लगायतका राजपरिवारका सदस्यहरूको राजदरबार हत्याकाण्ड भएको हो र सर्तहरू नमानेको र सच्चा राष्ट्रवादी भएकोले नै श्री ५ ज्ञानेन्द्र शाहलाई सत्ता छोडनुपर्ने अवस्था आएको हो ।

    हाम्रो मुलुकका केही गद्दार र विश्वासघाती तत्वहरुका कारण राष्ट्रवादीहरुको हत्या र राष्ट्रवादी श्री ५ ज्ञानेन्द्र शाहलाई सत्ता बाट हटाइएको हो ।


    हाम्रो मुलुक नेपालका सांसदहरू र नेताहरूको नयाँ नक्सा बारे संविधान संशोधनको देखावटी, खोक्रो, झुठो राष्ट्रवाद र राष्ट्रियता छर्लङ्ग भयो ? वाहियात र जनताहरुलाई झुक्याउने गरी राष्ट्रियताको गफ दिनु बेकार छ ।

    २०५२ साल देखी २०६२/०६३ साल हुँदै आजसम्म विभिन्न आश्वासनमा जनताहरुलाई झुक्याउने काम भएको छ साथै  प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूको कारण मुलुक  स्वाधीनता धरापमा पर्न गएको छ ।

    नीति तथा कार्यक्रममा नयाँ नक्शाको स्वीकृत र सार्वजनिक बारे सदनमा खरो रूपमा प्रस्तुत भएका राजेन्द्र महतोले चित्तबुझ्दो र वास्तविक कुराहरु गरेका थिए र अन्तर्वातामा पनि राजेन्द्र महतोले भनेका थिए हाम्रो मुलुक नेपालका सांसदहरू र नेताहरू राष्ट्रवाद र राष्ट्रियताको ठुल ठुला कुरा गर्ने, गाली गलौच गर्ने भुक्ने अनि भारतको दिल्लीमा प्रधानमन्त्री र नेताहरूको अगाडि सबैजना लम्पसार र झुक्छन आखिरमा राजेन्द्र महतो सहि र सत्य साबित भए।

    हामी नेपालीहरु कुनै कुराहरूमा सक्षम छैनौं परनिर्भर छौं । कृषि प्रधान मुलुक भन्छौं धाक देखाउँछौं तर कृषि योग्य जग्गा जमिनहरु प्लाटिंग भएको अवस्था छ । यसकारण पहिला आत्मनिर्भर हुन आवश्यक छ ।

    स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा
    जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै