•            
    • Hikmat Dangol

    • १८ जेष्ठ २०७७, आईतवार ०७:३६

    के भारतलाई गालि गर्दैमा राष्ट्रवाद हुन्छ?

    – मनिष जोशी, इतिहास ले जनतालाइ एकताको सूत्रमा आबद्ध गर्दछ। राष्ट्रियताको जगेर्ना गर्छ राष्ट्रको लागि त्याग तपस्या र बलिदानलका साथै मातृभूमि प्रति अखण्ड स्नेह ममता एवम् देशभक्ति विचारधारा लाइ देश प्रति समर्पण ले राष्ट्रियता को प्रति स्थापित हुन्छ। जुन देशमा छुवाछुत जातियता को राजनिति हुन्छ। जातियता ले गर्दा वर्षेनी मृत्यु वरण गर्नु परेको हुनछ। जुन देशमा लाखौ युवा हरु बेरोजगारी छन लाखौ युवा हरु आफ्नो सपना बोकेर बिदेशिनु बाध्य छन् । तर आफ्नो सन्तान परिवार साथ छोडेर जानु पर्छ केवल फर्किन्छ त बाकस मा प्याक गरेका लास । जुन देशमा आत्मनिर्भर छैन रोजगारी छैन अनि खोक्रो राष्ट्रवाद कुरा गरेर हुन्छ? अहिले संसार भरि माहामारीको रोग कोरोना ले मानब छेति भएको हामि सबै लाइ अबगत नै छ। यो महामारी रोग बाट बचन र आफ्नो परिवार का साथ मरे पनि संगै मरुमला बाचे पनि संगै बाचुमला भनेर नेपाल फर्किने क्रममा अनेक दुख कष्ट भोगेर मृत्यु वरण गरेर देश फर्किने हरु लाइ स्वदेश फर्काउन सकेको छैन अनि राष्ट्रवाद को ठूलो कुरा गर्छन हाम्रो देश नेपाल मा । जस्को देशमा बाहिरी सक्ति ले सगरमाथा र लिपुलेक खान को लागि हस्तछेप हुनछ त्यहि देशमा राष्ट्रवाद को कुरा हुन्छ। जस्को देशमा बैदेशिक रिन हुनछ बैदेशिक सहायता हुनछ त्यो देशमा राष्ट्रियता को कुरा गर्छन। जसको देश मा सता र कुर्सि को लागि राजनीतिक गर्छ त्यो देशमा देशभक्त बको कुरा गर्छन।३० बर्ष सासन गर्यो कांग्रेस र कम्युनिष्ट ले तर जनता ले के पायो ? उहि चप्पल लगाएर आउनेहरु ठूलो महल मा पुग्यो। १० बर्षे जनयुद्ध गरेको माओवादीको पनि देखियो राष्ट्र प्रति को माया देशभक्त र राष्ट्रवाद केवल जनताको छोरा छोरी लाइ सपना बोकाएर आफु मालिक बन्ने मात्रै सपना पुरा गरे। कार्ल मार्क्स को सिद्धान्त मा त यो छैन सर्बहारा कम्युनिष्ट पार्टी ले सबै जनता लाई बराबर बनाउनु पर्ने मा केबल आफु र आफ्नो परिवार र आसेपासे मात्रै धनि हुने मा राजनिति गर्यो अनि उहि ब्यक्ति राष्ट्रवाद को ठुला कुराहरु गरिरहन्छ। के कागज को नेपाल नकशा कोर्दै मा राष्ट्रवाद हुन्छ? जुन अहिले चर्चित लिपुलेक र लिम्पियाधुरा को बिवाद छ यो हाम्रो नेपाल को भुमि हो ।हामि संग थुप्रै परमाण छ तर हाम्रो देशको प्रमुख हरुले किन आँखा जुधाएर कुरा गर्न सकिराखेको छैन । यसमा केहि संका हुन सक्छ। जननायक विश्वेश्वर प्रसाद कोइरालाले जस्तो कुनै देश संग नझुकिकन। आफ्नो सिमाना सुरक्षा गर्नु पर्छ । अनि मात्रै राष्ट्रवाद हुन सक्छ । स्वर्गीय हुनु भएका नेताहरु जस्तो राष्ट्रवादी भएको भए हाम्रो देश सुन्दर नेपाल भै सकथयो । अहिले को देशको प्रमुख हरुले तराइका देबनारायण संग सिकुनु पर्छ देश भत्त र राष्ट्रवाद को बारे । राष्ट्रिय यता भनेको एक विश्वास भावना हो जसको माध्यमबाट ब्यक्ति ले आफ्नो राष्ट्र संग आफुलाई हेर्छ । मत मेरो ज्यानमा एक थोपा रगत भए सम्म सिमाना केहि हुन दिन्न एक मिनेट आँखा चिमलियो भने छिनभरमै नेपाल भारत भै सकछ। मातूभुमि को छाती मा गोली थापि देवनारायण संगै रक्ताम्मे हुदै लडे तराइका जनता ।तराइ मा रातारात जंगे पिलर गयाब हुन्छन । धेरै तराई का जनताले दुःख पाए धेरै जना भारतको हेपाहा प्रवृत्ति ले सुकुम्बासी हुन बाध्य छन्। तराइ मा मधेसी को नारा बोकेर राजनिति गर्ने नेता हरु ले के गर्यो अहिले सम्म तराई मा?यो प्रश्न को जवाफ आगामी निर्वाचनमा मा जवाफ दिने छन तराई का मधेसी दाजुभाइ हरुले।राजाकालमा ढाकाटोपी लगाएर दरबार को चाकडी गरि मधेसमा राजनिति गर्ने हरु धेरै छन। आज हाम्रो तराई का जनताले दुःख पर्दा कोहि पनि हुदैन। अनि उहि नेताहरु राष्ट्रियता र राष्ट्रवादको को ठूलो कुरा गर्छन।तराइ का नेता होस वा पहाड का नेता होस अथवा जुनसुकै वर्ग जातियता का नेता होस अनि देश का प्रमुख राष्टपति होस या प्रधानमन्त्री सबै जना ले तराइ का सच्चा देशभक्त योद्धा सिमा रक्षक देवनारायण संग सिक्नुस राष्ट्रियता र राष्ट्रवादको बारे । देवनारायण जसतो थुप्रै तराई का सिमा रक्षक जनता लाइ केहि पद चाहिएन सिरिफ चाहिएको छ त केबल मातृभूमि को रक्षा गर्न पाए आन्नद मिल्ने गर्छ। जनता बाट चुनेर संसदीय प्रणाली मा राष्ट्रपति प्रमुख को सवारी मा जनताले घण्टौ सम्म कुर्नु पर्ने करोडौ को गाडी निजि हेलिकप्टर दशैं मा टिका लगाउँदा जनताले घुडा टेक्न पर्ने गाडी बाट आेरलिने बेला पिरका ल्याइदिनु पर्ने प्रमुख को जुता बोकिदिनु परने रातो कार्पेट मा हिड्नु पर्ने बिदेश पाहुना संग मित्र ता गासन नसकने अनि कसरी हुन्छ राष्ट्रवाद? जब सम्म हाम्रो देश मा आत्मनिर्भर हदैन वैदेशिक ऋणबाट मुक्त हुन सक्दैनन तब सम्म राष्ट्रवाद नेता भन्न सकिन्न। राष्ट्रिययता भनेको एक विश्वास वा भावना हो जसको माध्यमबाट ब्यक्ति ले आफ्नो राष्ट्र संग आफुलाई गासेर हेर्छ । राष्ट्रवाद त्यसतो अबस्था मा परेन पूर्ण बन्धन को नाम हो जस अन्तर्गत आफ्नो सामान इतिहास परम्परा भाषा संस्कृति आधारमा मानिसहरू एक जुट हुन पुग्छ। राष्ट्रप्रति को अपनत्व र प्रेम को राष्ट्रिय रुप नै राष्ट्रवाद हो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै