टाेखालाइभ डटकम/भाद्र ५, २०७९,
काठमाडौँ । ललितपुरको सौगः मा बृहत् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ ।मिसा पुचःको सहकार्यमा
शुक्रबार चन्द्रसूर्य पुस्तकालयको स्वर्ण महोत्सवको अवसर पारेर उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजकले जानकारी दिए।कार्यक्रमको अध्यक्षता पुस्तकालयका कार्यकारी अध्यक्ष राजेश चित्रकारले गर्नुभएको थियो भने प्रमुख अतिथि ललितपुर वडा नम्बर १२ का वडाध्यक्ष नारायण लाल अवालेले गर्नुभएको थियो ।
उक्त बृहत् स्वास्थ्य शिविरमा ल्याब टेस्ट, इसिजी, युएसजी,वरिष्ठ डाक्टरहरुद्वारा जर्नल मेडिसिन, स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशारोग, छालारोग, नाक, कान, घाँटी, दन्तरोग र आँखारोगका सेवाहरू दिइएको थियो ।
काठमाडौँ मेडिकल कलेजको उक्त शिविरमा प्राविधिक सहयोग रहेको उक्त शिविरमा करिब तीन सयजनाले लाभ लिएको थियो । रूपक बाराही संयोजक रहेको कार्यक्रमको सहसंयोजक सुमित्रा महत कर्मार्चायले गर्नुभएको थियो ।
सहयोगी संस्था लाइफलाइन हेल्थ होम केयर रहेको छ।
जसमा भने शिविरको कार्यक्रम पार्टनर आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको थियो ।
यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा वडा नम्बर ८ का वडा अध्यक्ष बाबुरत्न महर्जनले गर्नुभएको थियो । यस्तै अतिथिमा काठमाडौं मेडिकल कलेजका प्रबन्धक डा. सुमन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।