•            
    • TOKHA LIVE

    • ७ श्रावण २०७७, बुधबार ०७:५४

    मुर्खसँग मित्रताले भन्दा बुद्धिमानी सँगको शत्रुताले नै जीवनलाई सफल बनाउँछ ।

    प्रेरक प्रसंग

    टाेखा लाइभ,श्रावण ७ काठमाडौं । पटक ३ जना दृष्टिविहिन व्यक्तिहरु हात्ति हेर्न गए । दृष्टिविहिन व्याक्तिले हात्ति कसरि हेर्न सक्छ ? तर पनि हेर्न भनि गए । तिनै जना दृष्टिविहिन एउटा विशाल हात्ति नजिकै सोध्धै गए । माउतेले हात्ति यहि हो भनेर बोली सुनायो । दृष्टिविहिनलाई सुनाउने हो देखाउने त कुरै भएन । त्यसपछि तिनै जना हात्तिको नजिकै गएर छाम्न सुरु गरे । एउटाले खुट्टा समायो र भन्यो – खम्बा जस्तै हुदोरहेछ । अर्कोले हात्तिको पेट छाम्दै भन्यो – हात्ति त हाम्रै घरको भित्तो जस्तो हुदोरहेछ । फेरि तेस्रोले पुच्छर समाउँदै भन्यो – हात्ति त डोरि जस्तै हुदोरहेछ ।

    उताबाट अर्को दृष्टिविहिनले कान समाएर बसीरहेको थियो । उसलाई तिनीहरु कसैको कुरा विश्वास लागेन र गाली गर्दै भन्यो – मुर्खहरु तिमीहरुले हात्ति कस्तो छ भन्ने कुरा बुझ्न सक्दैनौ । पाखेहरु कहिल्यै हात्ति देखेका छैनौ ? पाखेहरु भनेर गाली गरीरहेको छ । त्यसपछि उस्ले भन्यो – सुन ! पाखेहरु हात्ति खम्बा जस्तो हुदैन, भित्तो जस्ता पनि हुदैन, हात्ति डोरी जस्तो पनि हुदैन । हात्ति त थाल जस्तै हुन्छ । किनभने त्यो पनि दृष्टिविहिन थियो र कान समाती रहेको थियो ।

    अःत यि तल्ला प्रवृतिका मान्छेहरुमा ठिक त्यही दृष्टिविहिनको जस्तै घमण्ड हुन्छ । आफु स्वयं दृष्टिविहिन छ तर अरुलाई नेतृत्व गर्न चाहान्छ । जबसम्म मान्छेले आफ्नो पन र प्रवृतिलाई बुझेर सुधार हुन सक्दैन उ कहिल्यै पनि सफल र शान्त हुन सक्दैन । उर्लेको खोलाले जसरी वातावरणलाई खैलाबैला अर्थात हल्लै हल्लाले भरीदिन्छ त्यसको स्थीति पनि समाजमा ठिक त्यस्तै हुन पुग्दछ । तसर्थ, मुर्खसँग मित्रताले भन्दा बुद्धिमानी सँगको शत्रुताले नै जीवनलाई सफल बनाउँछ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै