•            
    • TOKHA LIVE

    • १४ श्रावण २०७७, बुधबार ०७:०३

    सुनील थापालगायत राप्रपा छाडेकाहरु काॅग्रेसमा:-

    टोखा लाइभ । राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराए ।

    कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएपछि थापाले राप्रपा छाडेका थिए ।

    थापाले राप्रपासँग आफ्नो सैद्धान्तिक विमति रहेको बताएका छन् । राप्रपाले परिवर्तन र जनताको माग सम्बोधन गर्न नसकेपछि आफूत्यसमा अटिरहन नसकेको उनको भनाई छ ।

    राप्रपाके राजतन्त्र र हिन्दु राष्ट्रको मागमा थापाके बिमती छ । राप्रपा उनका बाबु सुर्यबहादुर थापालगायतले गठन गरेको पार्टी हो । उनलेगणतान्त्रिक संविधान पनि मान्ने र राजतन्त्र पनि ल्याउनुपर्छ भन्ने कुरा सही दिशा नभएको कुरा राख्दै आएका थिए ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै