•            
    • TOKHA LIVE

    • १९ भाद्र २०७७, शुक्रबार ०८:३४

    टोखा नगरप्रमुख अधिकारी र सांसद निरौलाको अगुवाइमा बन्ने भयो टाेखा चंडेश्वरी स्वास्थ्य केन्द्र अब प्रादेशीक अस्पताल:-

    टोखा नगरप्रमुख अधिकारी र सांसद निरौलाको अगुवाइमा टाेखा चंडेश्वरी स्वास्थ्य केन्द्र प्रादेशीक अस्पताल बन्ने भएको छ।

    टाेखा लाइभ,
    भाद्र १९ काठमाडौं
    टाेखा नगरपालिका अन्तर्गत वडा न २ मा अवस्थित टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र हाल आइसोलेसन अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नती गर्ने लागी परेका मेयर प्रकाश अधिकारी र प्रदेश सांसद दिपक निरौला अन्तत सफल भएका छन ।

    प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएका पाँच अस्पतालको स्तरोन्नती गर्न लागेको हो । टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र लागयतका अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नती गर्ने भएको छ ।

    बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएका ५ अस्पतालहरुलाई स्तरोन्नती गर्न लागेको हो ।

    प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाँउ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाण्डौ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले जानकारी दिएका छन । हाल बागमती प्रदेशको तेह्र जिल्ला मध्ये ८ जिल्लामा मात्र प्रदेश मातहत रहेका अस्पतालहरु सञ्चालनमा रहेका छन् ।

    प्रदेशभित्रका सवै जिल्लामा प्रदेश अस्पताल स्थापना गरि कोभिड–१९ लगायतका संक्रमण रोग तथा अन्य रोगहरुको सहजतापूर्वक उपचार गर्न आवश्यक देखिएको उनले जानकारी दिए ।

    प्रादेशिक अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतीमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी प्रदेश अस्पतालको रुपमा विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको थियो ।

    यसैगरी कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि टोखाका जनप्रतिनिधिहरुले काठमाडौकै नमूना अस्पताल हुने बताइएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै