•            
    • TOKHA LIVE

    • १७ भाद्र २०७७, बुधबार ०७:०७

    तीन मुलुकसँग हवाई सम्झौता गर्ने सरकारको तयारी:-

    टोखा लाइभ भाद्र १७ काठमाडौं ।

    नेपालले थप तीन मुलुकसँग हवाई सम्झौताको तयारी गरेको छ । रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग नियमित उडानको बाटो खोल्न सरकारले हवाई सम्झौताको तयारी गरेको हो ।

    अहिले नेपालले ४० मुलुकसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको हो ।

    साथै बैठकले १६ भदौपछि हुने नेपालीहरुको स्वदेश फिर्ती अभियानलाई सहज बनाउन एक समिति समेत गठन गरेको छ । उडानको अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ ।

    समितिमा विभागका निर्देशक सुरेन्द्र थापा,नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन ।

    बैठकले नियमित उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिन तर्फ सवै वायुृसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने निर्णय समेत गरेको छ ।

    समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएका छन् ।

    बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेको छ ।

    बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    तीन मुलुकसँग हवाई सम्झौता गर्ने सरकारको तयारी

    टोखा लाइभ । काठमाडौं नेपालले थप तीन मुलुकसँग हवाई सम्झौताको तयारी गरेको छ । रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग नियमित उडानको बाटो खोल्न सरकारले हवाई सम्झौताको तयारी गरेको हो ।

    अहिले नेपालले ४० मुलुकसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको हो ।

    साथै बैठकले १६ भदौपछि हुने नेपालीहरुको स्वदेश फिर्ती अभियानलाई सहज बनाउन एक समिति समेत गठन गरेको छ । उडानको अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ ।

    समितिमा विभागका निर्देशक सुरेन्द्र थापा,नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन ।

    बैठकले नियमित उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिन तर्फ सवै वायुृसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने निर्णय समेत गरेको छ ।

    समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएका छन् ।

    बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेको छ ।

    बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै