•            
    • TOKHA LIVE

    • ९ जेष्ठ २०७७, शुक्रबार ०३:२०

    कागेश्वरीमा २३ को आरडीटी पोजेटिभ, पीसीआर नेगेटिभ

    कागेश्वरी नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडीटीमा पोजेटिभ देखिएका २३ जनाको पीसीआर भने नेगेटिभ आएको छ ।  नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला स्वयंसेविका, तरकारी व्यवसायी र मासु पसले गरी २०० जनाको सोमबार गरिएको आरडीटीको प्रतिवेदनमा पोजेटिभ देखिएको थियो । आलापोट स्वास्थ्यचौकीमा भने १७५ जनामा गरिएको आरडीटीमा २१ जनालाई पोजेटिभ देखिएको कार्यालय प्रमुख जगत नेपालीले जानकारी दिए ।  
      
    आरडीटीमा पोजेटिभ देखिएकाको त्यसै दिन पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । टेकुबाट बिहीबार बेलुकी सबैको परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घर पठाइएको उनले बताए । 
     
    यसअघि आरडीटी प्रतिवेदन पोजेटिभ आएकामा १२ पुरुष र नौ महिला थिए । कोरोनाको आरडिटीमा पोजेटिभ देखिएपछि सो क्षेत्र सुनसान बनेको थियो । यसैगरी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा आरडीटी  गरी पोजेटिभ आएका दुई जनाको पीसीआर प्रतिवेदन पनि नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । रासस 

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै