टाेखा लाइभ, भाद्र ३ काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको मानार्थ सहायक रथी समेत रहेका घिमिरेलाई अन्त्येष्टिमा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक टुकुडीले सम्मानमा सलामी अर्पण गरेको छ ।
अन्त्येष्टि अघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले दिवंगत राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फवाट सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । मंगलवार निधन भएको घिमिरेलाई अन्तिम श्रद्धान्जली दिन मन्त्री पोखरेल बुधवार घिमिरेको निवास लैनचौर पुगेका थिए।
राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको
लैनचौर स्थित आफ्नै निवासमा एक सय एक बर्षको उमेरमा निधन भएको थियो ।