•            
    • Hikmat Dangol

    • ८ जेष्ठ २०७७, बिहीबार ०८:४८

    अब काठमाडौं प्रवेश बन्द

    टोखा लाइभ ।सरकारले अब काठमाडौं उपत्यकामा प्रवेश झन कडाई गर्ने भएको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा मानिसहरुको प्रवेश बढ्दा बढी जनघनत्व भएको क्षेत्रमा जोखिम भएको घभन्दै अत्यावश्यक कामबाहेक काठमाडौं छिर्न रोक लगाएको छ ।

    अब कुनै मानिस काठमाडौं जान हिडेको भए उसलाई सोही ठाउँमा रोक्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अब काठमाडौं आउनै पर्ने भए हरेक मानिसले आफ्नो आरडीटी परीक्षण आफ्नै खर्चमा गरी त्यसको रिपोर्ट देखाउनु पर्ने भएको छ ।

    काठमाडौं उपत्यकाभित्र अब स्थानीय तहले होटेल तथा स्कूलहरुलाई क्वारेन्टाइन बनाउन सक्नेछन् । त्यसको अध्ययन गर्न समेत गृहले निर्देशन दिएको छ । अब काठमाडौं उपत्यकामा लुकिछपी प्रवेश गरेमा लगत राखी कारवाही हुने भएको छ ।

    काठमाडौं उत्पकाका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं उत्पकायमा पछिल्लो समय संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर

    सन्दीप लामिछाने स्वदेश फिर्ता 

    टीकाको उत्तम साइत बिहान ११ः५१ बजे

    खोकनाबासीले मनाए सिकाली जात्रा

    दशैं टीकाको दिन भारी वर्षाको सम्भावना

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै