•            
    • Hikmat Dangol

    • २६ माघ २०७९, बिहीबार ०६:२१

    अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर

    टोखा लाइभ। माघ २६ , २०७९

    काठमाडौँ–अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताएकी छन् ।

    बुधवार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएकी उनले यस्तो बताएकी हुन् ।

    उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताइन् ।

    उनले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गरिन् । उनले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रुपमा नबुझ्नसमेत आग्रह गरिन् ।

    उनले अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको पनि बताइन् । उनले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताइन् ।

    ‘भूराजनीति परिवर्तन भइ नै रहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुनेछौँ, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला । हामी साथमा काम गर्नेर्छौं, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौँ । नेपालसँग गरेको प्रतिवद्धताको उत्पादन हो’ उनले भनिन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो भन्ने सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले सो सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिइन् ।

    नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेको प्रतिवद्धताहरुलाई व्यक्त गर्न पाउने अवसरका रुपमा हेरेको उनको भनाई छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै