•            
    • TOKHA LIVE

    • २ असार २०७७, मंगलवार १८:३२

    गुगलले पनि राख्यो नेपालको नयाँ क्षेत्रफल।

    टाेखा लाइभ,असार २ काठमाडौं । गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ ।नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो । गुगलमा एरिया अफ नेपाल (Area of Nepal)भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ ।नेपालले गत बुधबार (जेठ ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी स’मेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो ।भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी थिइन् ।
    गत जेठ २ गते सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्दा पनि भारतले अ’ति’क्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटेर नयाँ नक्शा जारी गर्ने घोषणा गरेको थियो । नेपाल सरकारले भारतको उक्त कदमप्रति आ’पत्ति जनाउँदै कू’ट’नीतिक नोटसमेत पठाएको थियो ।
    नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सी’मासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।यसअघि जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी स’मेटिएको नयाँ नक्शा पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै