• TOKHA LIVE

  • १८ भाद्र २०७८, शुक्रबार ११:११

आउदो  सातादेखि काठमाडौंका विद्यालय खुलाउने तयारी

टाेखालाइभ डट कम / भाद्र १७, काठमाडौं

काठमाडौं महानगरपालिकाले आउँदो साताको सोमबार वा मंगलबारदेखि विद्यालय खुलाउने गरी तयारी अगाडि बढाएको हो।

महानगरले तीन दिनको संक्रमण अवस्थालाई हेरेर विद्यालय सञ्चालनबारे निर्णय लिने भने पनि संक्रमण दर कति भयो भने विद्यालय सञ्चालन गर्न सकिने भनेर तोकेको छैन। मात्र संक्रमण दर घट्दो क्रममा हुनुपर्ने भनिएको छ। त्यसैले आजदेखि तीन दिन महानगरमा संक्रमण दर घट्दो क्रममा रहे आगामी सातादेखि विद्यालय खुलाउने गरी निर्णय गर्ने महानगरको तयारी छ।

जिल्ला प्रशासन कार्यालयबाट स्थानीय तहले विद्यालय खोल्न सक्ने भन्ने जानकारी आएपछि हामीले महानगरभित्रको दुई तीन दिन संक्रमणको अवस्था हेर्ने र संक्रमण घट्दो क्रममा रहेको पाइए आगामी सातादेखि विद्यालय खोल्न सकिने भनेर निर्णय भएको बताउदै सञ्चालनमा आउने विद्यालयहरूले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने महानगर शिक्षा शाखाले जनाएको छ।

त्यसै गरि धेरै संख्या रहेका विद्यालयहरूले सिफ्ट अनुसार कक्षा सञ्चालन गर्नुपर्ने भनिएको छ। विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेको र नगरेको भनेर नियमन गरिने महानगरले जनाएको छ।

Facebook Comments

सम्बन्धित खवर

नेपाल ओमानसँग फराकिलो अन्तरले पराजित

संगी को “संवेग” खोज्दै जॉदा

तत्काल मनसुन बाहिरिने संम्भावना छैन

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै