•            
    • Sanu Raj Dangol

    • २५ असार २०७८, शुक्रबार १७:१७

    काठमाडौं आइपुग्यो आठ लाख डोज भेरोसेल खोप:-

    टाेखालाइभ/असार २५, २०७८ काठमाडौं

    कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ चीनबाट आठ लाख नौ हजार ६०० डोज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले आज विहान ६ः२१ बजे खोप चीनको वेइजिङबाट काठमाडौं ल्याएको निगमका पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो ।

    वाइडबडी जहाजमा १७ हजार ६०० बक्स खोप आटाएको थियो जसमा एक बक्समा ४६ डोज रहेकाले जम्मा यस पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको ग्वार्चनले बताउनुभयो । खोप ल्याउन निगमको पहिलो उडान विहिबार ३ः३०बजे बेइजिङ तर्फ प्रस्थान गरेको थियो ।
    सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याएको हो । यस पछि जहाजले क्रमस असार ३१ गते, साउन १ गते र साउन ७ गते पुनः खोप ल्याउन चीन जाने तालिका सार्वजनिक गरेको छ ।चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप ल्याउन लागेको हो ।

    यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार डोज खोप आएको थियो भने नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आइ सकेको मन्त्रालयको तथ्याङक छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको मन्त्रालयको तथ्याङक छ । स्रोत :- गोरखापत्रबाट

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै