•            
    • Hikmat Dangol

    • ३ चैत्र २०७७, मंगलवार ०९:१६

    बहराइनी राजकुमार खलिफाको टोली नेपालमा

    काठमाडौं। बहराइनका राजकुमार सेख मोहम्मद अमाद अल खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुगेका छन् ।१३ जना बहराइनी र ३ जना बेलायती नागरिक सहित सोमबार नेपाल आइपुगेका हुन्।

    काठमाडौं अवतरण पश्चात उनीहरु सिधै होटल म्यारियट पुगेका छन्। जहाँ उनीहरु सात दिन क्वारेन्टिन बस्नेछन्। त्यसपछि उनीहरु लुक्ला पुग्नेछन्।

    राजकुमारको टोलीले आफूसँगै कोरानाविरुद्धको खोप पनि बोकेर आएको छ। २००० डोज खोप बोकेर सो टोली आएको हो। टोलीले हिमाल आरोहणका सहयोगी शेर्पाहरुका लागिसमेत सो खोप उतैबाट बोकेर आएको हो।

    यही टोलीले कोरोनाले विश्वलाई त्रहिमाम बनाएको बेला र नेपाल पनि ठप्प रहेको बेला बिशेष स्वीकृति लिएर अक्टोवरमा लोबुचे र मनास्लुको आरोहण गरेको थियो ।

    आरोहणको ब्यबस्थापन गरेको सेभेन समिट ट्रेक्सले त्यही बेला टोलीले त्यो दुई हिमाल तालिमको लागि चढेको र उनीहरुको लक्ष्य सगरमाथा चढ्नु रहेको बताएको थियो ।

    योजना अनुसार नै टोली सगरमाथा आरोहणमी आएको हो । उनीहरु कम्तिमा ८० दिन नेपालमा रहने बताईएको छ । यसअघि यो टोलीले सन् २०२० को अक्टोवरमा लोबुचे र मनास्लु हिमाल चढेको थियो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै