•            
    • Hikmat Dangol

    • २२ फाल्गुन २०७७, शनिबार ०३:४५

    पासा कासा पुच: टोल सुधार समिति अध्यक्षमा सत्यमान


    टोखा लाइभ । २०७७ फाल्गुन २२ गते ।

    काठमांडौं ।महानगर पालिका वडा नं २० को मरू रामघाट स्थित पासाकाचा पुच: को शुक्रवार टोल सुधार समितिको गठन गरिएको छ।

    वडा अध्यक्ष राजेन्द्र मानन्धरको सभापतित्वमा बसेको विशेष बैठकको दौरान को समिति कार्यवाहक अध्यक्षमा सत्यमान मानन्धरलाई सर्व सम्मतबाट चयन गरिएको छ।

    कार्य समितिको उपाध्यक्षमा महेन्द्र डंगोल, सचिवमा जुजु डंगोल, अशोक रत्न सेलालिक, अमिता शाक्य, मीरा महर्जन, र शर्मिला ताम्राकार छनौट हुनु भएको छ।

    सोही बैठकमा सल्लाहकारहरूमा चन्द्र गोपाल श्रेष्ठ , हेराकाजी ताम्राकार, राजेन्द्र मानन्धर, ओमशंकर श्रेष्ठ, दिरेकलाल श्रेष्ठ, सुरेन्द्र शाही र मनोज खड्गीलाई पनि सर्व सम्मतले छनौट गर्ने निर्णय भएको छ।दशकौं देखि टोलको शान्ति सुरक्षा र सर्वागिण विकासमा यस समितिले महत्वपूर्ण योगदान दिदै आएको छ।

    नयॉ कार्य समितिले यही फाल्गुन २४ गते अध्यक्षताको कार्यकालमै असामयिक निधन हुनु भएका स्वर्गीय निरेश शाहीको स्मरणमा श्रद्धान्जली सभा आयोजना गर्ने निर्णय गरेको छ।

    उक्त बैठकमा वडा अध्यक्ष राजेन्द्र मानन्धरले वडाको विकास समन्वयनमा वडा प्रशासनले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने वचन दिनु भएको थियो। यसै गरी नव निर्वाचित सल्लाहकारहरूले पनि कार्य समितिलाई विविध सकारात्मक तथा रचनात्मक सुझाव पेश गर्नु भएको थियो। कार्य समितिले टोल सुधार कार्यका लागि समाजका विभिन्न पक्षसंग समन्वय गर्दे आफ्नो गतिविधिलाई नियमित रूपमा सुचारू गर्ने जानकारी दिएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै