•            
    • Sanu Raj Dangol

    • १८ जेष्ठ २०७७, आईतवार ०३:५७

    लकडाउ जेठ ३२ सम्म पुर्याउने सरकारको निर्णय।

    टाेखा लाइभ,जेठ १८काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड-१९) को संक्रमणलाई रोक्न भन्दै सरकारले लागु गरेको लकडाउन आगामी जेठ ३२ गतेसम्म लम्बिएको छ । शनिवार सॉझ बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि २० जेठसम्म तोकेको लकडाउनको अवधि पुन: १२ दिन थपेर जेठ ३२ सम्म पुर्याउने निर्णय सरकारले गरेको हो ।

    पछिल्लो समय लकडाउन खोल्नु पर्ने या खुकुलो बनाइनु पर्ने चौतर्फि माग आइरहेको यस्तो बेला सरकारले लकडाउन पुन: १२ दिन थप्ने निर्णय संगै कतिपयमा निराशा छाएको छ ।

    यस्तै नेपालका लागि सीमा नाका र अन्तर्राष्टिय हवाई उडानहरु भने आगामी असार १६ गतेसम्मको लागि पुर्णरूपमा बन्द गर्ने निर्णय पनि गरेको छ । सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन जारी राखेको थियोे । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउनको अवधि थप्दै लगेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै