•            
    • TOKHA LIVE

    • २ कार्तिक २०७९, बुधबार ०९:०५

    नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइँ’को ट्रेलर सार्वजनिक

    टाेखालाइभ डट कम/ कार्तिक २,२०७९

    नेपालमा हिमाली क्षेत्रमा छायांकन गरिएको  बलिउड फिल्म ‘उचाइँ’को ट्रेलर सार्वजनिक भएको छ । ‘उचाइँमा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर लगायत यी चर्चित नेपालीकलाकारहरुले अभिनय गरेका छन् ।

    मित्रताको कथा बोल्ने उचाइँ’को
    नेपालको हिमाली क्षेत्रहरुमा छायांकन भएको बलिउडको मल्टीस्टारर फिल्म हो। ‘उचाइँ’को २ मिनेट ५१ सेकेन्ड लम्बाईको ट्रेलरले अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीको मित्रताको वरिपरि फिल्म घुमेको ट्रेलर मंगलवार निर्माण कम्पनी राजश्रीको यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।उचाइँ’को ट्रेलरले अहिले सम्म ७ मिलियन भ्युज पाएको छ।

    यहि महिना कात्तिक २५ गतेबाट विश्वभर प्रदर्शनमा आउन लागेको ‘उचाइँ’को २०७८ सालको कात्तिकमा नेपालमा छायांकन गरिएको थियो ।

    ट्रेलरमा बलिउडका उत्कृष्ट कलाकार डेनी डेङ्जाेङ्पाले आफ्नो जन्मदिनमा संसारकै अग्लो शिखर सगरमाथा घुम्न जाने प्रस्ताव राख्छन् । तर डेनीको केही समयमा नै निधन भएपछि नको अधुरो सपना साकार गर्न बलिउड नायक अमिताभ, अनुपम खेर र बोमन सगरमाथा यात्रामा निस्कन्छन् । सगरमाथा यात्राको क्रममा आउने आरोह(अवरोहलाई नै ट्रेलरमा बेजोड तरिकाले देखाइएको छ ।

    निर्देशक सूरज बडजात्याद्वारा निर्देशित यस फिल्ममा नेपाली कलाकारहरु परमिता राज्यलक्ष्मी राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय देख्न सकिन्छ ।

    हेनुृहोस् उचाइँ’को ट्रेलर:-

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै