•            
    • TOKHA LIVE

    • २१ असार २०७७, आईतवार २०:५५

    माइलीले उधुम मचाइन।

    एजेन्सी
    सन् २०१९ भर माइली साइरसले उधुम गरिन् । त्यही सालको अन्त्यतिर उनको लियाम हेम्सवर्थसँग डिभोर्स भयो ।

    त्यसको दुई हप्ता नबित्दै अभिनेत्री केट्लिन कार्टरसँग उनको रोमान्सको खबरले धेरैका आँखा चौडा भए । तर, यो अफेयर महिनादिनभन्दा बढी टिकेन । आजभोलि माइली कोडी सिम्सनसँग चक्कर चलाइरहेकी छिन् । छ महिनायता उनले भलाद्मी जीवनशैली अपनाएको बताएकी छिन् । ‘भेराइटी’ म्यागजिनसँग कुरा गर्दै घाँटीको सर्जरी गरेपछि जीवनशैलीमा व्यापक परिवर्तन गरेको बताइन् । उनले केही समयपहिले एउटा टेलिभिजन सोमा गएर आफूले गाँजा खान छाडिदिएको पनि बताएकी थिइन् । ‘यो उमेरमा रमाइलो नगरी बस्न गाह्रै हुन्छ,’ उनले भनेकी छन्, ‘तर, पनि म प्रयास गरिरहेकी छु ।’ भद्र हुनु राम्रै हो तर माइलीको इतिहास हेर्दा उनी यस संकल्पमा टिकिरहलिन् भन्न गाह्रै छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै