•            
    • TOKHA LIVE

    • २५ जेष्ठ २०७९, बुधबार २१:०४

    हलिउड चलचित्र ‘जोकर’को दोस्रो सिक्वल बन्ने

    टाेखालाइभ डट कम जेष्ठ २५,२०७९

    काठमाडौं । सन् २०१९ मा आएको चर्चित हलिउड चलचित्र ‘जोकर’को दोस्रो सिक्वल बन्ने भएको छ ।  चलचित्रका निर्देशक टड फिलिप्सले सामाजिक सञ्जालमार्फत दिएका हुन् । निर्देशक फिलिप्सले सामाजिक सञ्जाल (इन्स्टाग्राम)मा चलचित्रको स्क्रीप्टको कभरको तस्विर राखेर जानकारी दिएका हुन् ।

    साथै चलचित्रका निर्देशक टड फिलिप्सले जोकरको सिक्वेलमा काम गरिरहेको जनाएका छन् । उनले ‘जोकर’का अभिनेता ज्याक्विन फोनिक्सको तस्बिर पनि सञ्जालमा राखेका छन् । तस्विरमा ज्याक्विनलाई स्क्रिप्ट पढिरहेको देख्न सकिन्छ । ‘जोकरः फोली अ ड्युक्स’ नाम रहेको चलचित्रको यो सिक्वलमा पनि ज्याक्विन नै मुख्य भूमिकामा देखिने पुष्टि भएको छ । चलचित्रमा स्कट सिल्भरको पनि लेखन रहनेछ । किनभने स्क्रिप्टको कभरमा उनको पनि नाम पनि समावेश छ । चलचित्रको कथा के-कस्तो रहन्छ भन्ने कुराको कुनै आधिकारिक जानकारी भने दिइएको छैन ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै