•            
    • TOKHA LIVE

    • २५ बैशाख २०७९, आईतवार ०७:४३

    केजिएफ २’ को कमाई दुई हप्तामा एक हजार करोड नाघ्यो

    टाेखालाइभ डट कम/ बैशाख २५
    एजेन्सी । दक्षिण भारतीय अभिनेता एशको मुख्य भूमिका रहेको चलचित्र ‘केजिएफः च्याप्टर २’ ले १५ दिनमा एक हजार करोड भारतीय रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । चलचित्रले विश्वव्यापी रुपमा ९२६ करोड भारु कमाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।भारतीय व्यापार विश्लेषक तरण आदर्शका अनुसार चलचित्रले बुधबारसम्म हिन्दी भर्सनमा मात्रै ३४३ करोड १३ लाख कमाएको बताएको छ।

    छोटो समयमै विश्वव्यापी रुपमा एक हजार करोड कमाउने चलचित्र बन्न सफल भएको छ ।
    एक सय करोड भारु लागतमा निर्माण गरिएको यो चलचित्रले खुद ९ सय करोड नाफा कमाएको छ । तेस्रो सातासम्म आइपुग्दा पनि चलचित्रको व्यापारको रफतार घटेको छैन । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रले एकै दिनमा ३० करोडभन्दा बढी व्यापार गरिरहेको छ ।

    ‘केजिएफ २’ ले हिन्दी भाषामा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । बलिउड चलचित्र ‘जर्सी’ रिलिज हुदाँ पनि ‘केजिएफ’ को व्यापारमा खासै असर देखिएको छैन । ‘केजिएफ २’ ले विश्वव्यापी रुपमा दिनमै ३० करोड भारु माथिको व्यापार गरिरहेको खबर छ ।यसले आरआरआर को व्यापारलाई उछिन्ने देखिन्छ । एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ ले पनि एक हजार करोड कमाउन सफल भएको थियो । चैत्र ११ गतेबाट प्रदर्शन भएको आरआरआरले हालसम्म १२ सय करोडभन्दा बढी कमाइ गरेको रेकर्ड छ ।

    मूल रूपमा कन्नड भाषामा बनाइएको यो चलचित्र सन् २०१८ मा बनेको ‘केजिएफ १’ को दोस्रो भाग हो । ‘केजिएफ १’ निकै चलेको थियो, जसले कन्नड भाषामा सबैभन्दा धेरै पैसा कमाउन सफल चलचित्रको रेकर्ड बनाएको छ । केजिएफ २’ ले केही दिनमै आरआरआरको लाइफटाइम व्यापारलाई पार गर्ने भारतीय सञ्चार माध्यमले जिकिर गरेका छन् ।
    ‘केजिएफ २’ पनि बक्सअफिसमा त्यस्तै रेकर्ड राख्ने क्रम अझै जारी छ । चलचित्रमा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै