•            
    • TOKHA LIVE

    • ५ फाल्गुन २०७८, बिहीबार २१:२९

    आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्ढा’ कथाका कारण निकै चर्चामा

    टाेखालाइभ डट कम/ फागुन ५,२०७८

    एजेन्सि/आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्ढा’ आफ्नो कथाका कारण निकै चर्चामा छ । आमिरको फिल्ममा सलमान खान क्यामियो गर्ने बताइएको छ । तर अहिले समलान खान आफ्नो फिल्म टाइगर ३ को सुटिङमा व्यस्त रहेको र ‘लाल सिंह चड्ढा’ मा केमियो गर्न अस्वीकार गरेको खबर आएको छ ।

    बलिउड हङ्माको रिपोर्ट अनुसार सलमान खानले समयको अभावका कारण लाल सिंह चड्डामा केमियो गर्न अस्वीकार गरेका छन् । रिपोर्टका अनुसार आमिरले लगातार सलमान खानको समय अनुसार फिल्मको सुटिङ गराउने प्रयास गरिरहेका छन् । तर कोरोना प्रोटोकलका कारण धेरै पटक स्थगित भएको थियो । हाल सलमान खान अभिनेत्री कट्रिना कैफसँग आफ्नो फिल्म टाइगर ३ को सुटिङमा व्यस्त छन् र यही कारणले गर्दा उनले आमिरको फिल्ममा काम गर्न अस्वीकार गरेका छन् ।

    चलचित्रको कथा

    अद्वैत चन्दन निर्देशित यस फिल्ममा आमिर खान मुख्य भूमिकामा देखिनेछन् भने अभिनेत्री करिना कपुर खान उनकी प्रेमिकाको भूमिकामा देखिनेछिन् । यो फिल्म सन् १९९४ मा आएको अमेरिकी फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो। फिल्म नायकको प्रोटागोनिस्ट्स यात्राको विभिन्न समयावधिमा फैलिएको छ। यसका साथै उक्त समयमा भएका केही राजनीतिक घटनाक्रमलाई पनि चलचित्रमा देखाइनेछ । Viacom18 Studios द्वारा प्रस्तुत, यो फिल्म भारतभर १०० भन्दा बढी स्थानहरूमा छायांकन गरिएको छ।

     

    स्थगित रिलीज मिति

    आमिर खानको यो फिल्म यही वर्ष अप्रिल १४ मा सिनेमा घरमा रिलिज हुने मिति तय गरेको थियो । तर मंगलबार, फिल्म निर्माताहरूले लाल सिंह चड्डा अब अगस्ट ११,२०२२ मा सिनेमाघरहरूमा प्रर्दशन गर्ने भन्दै फिल्मको प्रदर्शन मिति सार्ने निर्णय गरेका थिए । योसँगै कोभिड–१९ प्रोटोकललाई ध्यानमा राखी धेरै पटक फिल्मको रिलिज मिति सारिएको थियो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै