•            
    • TOKHA LIVE

    • २९ माघ २०७८, शनिबार २१:१३

    रणवीर कपूरको बहुप्रतीक्षित फिल्म’ शमशेरा’रिलिज हुँदै

    टाेखालाइभ/ माघ २९,२०७८

    एजेन्सी/ रणवीर कपुर चार वर्षको अन्तरालपछि शमशेराबाट ठूलो पर्दामा फर्किरहेका छन् । यस फिल्ममा सञ्जय दत्त र वाणी कपूर पनि मुख्य कलाकारको भूमिकामा छन् । रणवीरको अन्तिम रिलिज बायोपिक सञ्जुमा रणवीरले सञ्जयको भूमिका निर्वाह गरेका छन् ।

    रणवीर कपुर, सञ्जय दत्त र वाणी कपुर अभिनित फिल्म ‘शमशेरा’को नयाँ रिलिज मिति घोषणा गरिएको छ । अब यो फिल्म जुलाई २२ मा हलमा रिलिज हुँदैछ । निर्माता यशराज फिल्म्सले टिजर सार्वजनिक गर्दै यसको घोषणा गरेको हो । टिजरमा तीनै कलाकारले शमशेराको बारेमा बताइरहेका छन् । तर, पात्रको लुक्स भने खुलाइएको छैन । पुरानो रिलिज मिति अनुसार शमशेरा अक्षय कुमारको फिल्म बच्चन पाण्डेसँग भिड्दै थियो ।

    टिजरको शुरुवातमा सञ्जय दत्तले यो उनको कथा रहेको बताउँदै छन्, जसले दासत्व कसैको लागि राम्रो हुँदैन– न जनताको लागि न प्रियजनलाई । वाणी भन्छिन्– यो उनको कथा हो, जसले पिताको विरासतमा स्वतन्त्रताको सपना देखेका थिए । अन्त्यमा रणवीर आउँछन्– तर कसैले स्वतन्त्रता दिँदैनन्, स्वतन्त्रता जितिन्छ। करमबाट डकैत, धरमबाट आजाद। यो फिल्मको ट्याग लाइन पनि हो । हिन्दीसँगै फिल्म तमिल र तेलुगुमा पनि रिलिज हुनेछ ।

     

    टिजरबाट प्रष्ट हुन्छ, शमशेरा स्वतन्त्रता संग्रामको युगमा आधारित चलचित्र हो । फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन् । रणवीर र वाणी पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । यससँगै, रणवीरले सञ्जय दत्तको बायोपिक फिल्म सञ्जुमा आफ्नो भूमिका निभाएका छन् र यो रणवीरको अन्तिम रिलिज फिल्म पनि हो, जुन २०१८ मा सिनेमाघरमा रिलिज भएको थियो। शमशेरासँग चार वर्षपछि रणवीर ठूलो पर्दामा फर्कनेछन् । उनको फिल्म ब्रह्मास्त्र पनि यसै वर्ष रिलिज हुँदैछ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै