टाेखा लाइभ/माघ २४,२०७८
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा श्री पंचमीको दिन निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको हिजो सरस्वती पूजाकै दिन निधन भएको थियो।
मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा हिजो बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएका छन्। कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएका थिए। भने केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएका थिए।