•            
    • TOKHA LIVE

    • १ जेष्ठ २०७७, बिहीबार ०३:२५

    सर्वाधिक कमाइ गर्ने मोडलहरु

    शाक्यजी । 

    कारा डेलिभिङ्नी

    फोब्र्स पत्रिकाको संसारकै सबैभन्दा बढी कमाइ गर्ने मोडलको सूचीमा गत वर्ष बाहिरिएकी कारा डेलिभिङ्नी यो वर्ष पुनः सूचीमा फर्किएकी छिन् । उनको यो वर्षको कमाइ गिसेली बन्डछेन जत्तिकै अर्थात् १० मिलियन अमेरिकी डलर रह्यो । यो कमाइले उनलाई यस वर्षको सूचीमा पाँचौं स्थानमा रहन मद्दत गरेको छ । उनी फोब्र्सको २०१५ को सूचीमा दोस्रो स्थानमा थिइन् भने २०१६ को सूचीमा उनी सातौं स्थानमा धकेलिन पुगेकी थिइन् । वर्ष २०१६ को उनको कमाई ८ दशमलव ५ मिलियन अमेरिकी डलर थियो । किड्स इन लभ तथा सुसाइड स्क्वाडजस्ता सिनेमामा अभिनेत्रीका रुपमा देखापरिसकेकी काराको यो वर्षको कमाइमा डगलस कस्मेटिक्स, रिमेल, ट्याग ह्युगर, डिओर ब्युटीजस्ता ब्रान्डसितको संलग्नता रहेको छ ।

    रोजी हन्टिङटन व्हाइट्ली

    इंग्लिस मोडल एवं अभिनेत्री रोजी हन्टिङटन व्हाइट्ली फोब्र्स पत्रिकाको वर्ष २०१८ को सर्वाधिक कमाइ गर्ने मोडलहरुको सूचीमा क्रिस्सी टिएगनसँगै तेस्रो स्थानमा रहेकी छिन् । यो वर्ष उनको कमाइ गत वर्षको तुलनामा बढेर ११ दशमलव ५ मिलियन अमेरिकी डलर पुग्यो । गत वर्षको सूचीमा पाँचौं स्थानमा रहँदा रोजीको कमाई ९ दशमलव ५ मिलियन अमेरिकी डलर रहेको थियो । उनको यो कमाइमा आफ्नै ब्रान्डको लिङ्गरी, मेकअप तथा सुगन्धले खाताको वजन बढेको हो । यसबाहेक उनको कमाइमा अन्य ब्रान्डको विज्ञापन प्रोजेक्ट पनि रहेको छ । यसका साथै यो वर्ष उनले रोज इन्क नामक आफ्नै ब्युटी वेबसाइटको शुरुवात गरेकी छिन् ।

    केन्डल जेनर

    वर्ष २०१६ मा फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरुकोे सूचीमा तेस्रो स्थानमा रहँदा सुपर मोडल केन्डल जेनरको कमाइ दश मिलियन अमेरिकी डलर थियो । गत वर्ष उनको कमाइ २ गुणाभन्दा पनि बढेर २२ मिलियन अमेरिकी डलर पुगेको थियो भने वर्ष २०१८ मा उनको कमाइ अझ बढेको पाइएको छ । यो वर्ष उनको कमाई २२ दशमलव ५ मिलियन अमेरिकी डलर पुगेको छ । यो सर्वाधिक कमाइले केन्डललाई फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलको सूचीमा दोस्रोपटक पहिलो स्थानमा उभ्याएको छ । २३ वर्षीया केन्डलको सर्वाधिक कमाइको अधिक अंश विश्वविख्यात कस्मेटिक ब्रान्ड एस्टी लाउडर, स्र्पार्टस् वेयर ब्रान्ड एडिडास तथा क्याल्भिन क्लाइनजस्ता ब्रान्डसितको आबद्धता रहेको छ ।

    गिसेली बन्डछेन

    सन् २००२ देखि फोब्र्स पत्रिकाको वर्षको सबैभन्दा बढी कमाइ गर्ने मोडलहरुको सूचीमा अग्र स्थानमा रहँदै आएकी ब्राजिलियन मोडल गिसेली बन्डछेनको कमाइ विगतको तुलनामा निरन्तर ओरालो लाग्दै गएको छ । १५ वर्षदेखि सर्वाधिक कमाइ गर्ने मोडलका रुपमा दरिएकी उनी गत वर्ष दोस्रो स्थानमा धकेलिन पुगेकी थिइन् । ३७ वर्षीया गिसेलीको कमाई १७ दशमलव ५ मिलियन अमेरिकी डलर रहेको थियो भने यो वर्ष अझ घटेर १० मिलियन अमेरिकी डलरमा समेटिन पुगेको छ । वर्ष २०१६ मा उनको कमाइ ३० दशमलव ५ मिलियन अमेरिकी डलर थियो भने त्यसभन्दा उनको कमाइ ४४ मिलियन अमेरिकी डलरसम्म पुगेको थियो । वार्षिक कमाइ निरन्तर ओरोलो लागे पनि फोब्र्सको वर्ष २०१८ मो सर्वाधिक कमाइ गर्ने मोडलहरुको सूचीमा गिसेली पाँचौं स्थानमा ओगटिएकी छिन् । यस वर्ष उनले आफ्नो जीवनीमा आधारित लेसन्स् नामक किताब प्रकाशित गरिन् । उनको आबद्धता भिभारा र आरेजो नामक ब्राजिलियन ब्रान्डमा पनि रह्यो । उनी स्ट्वार्ट विट्जम्यानको विज्ञापनमा देखापरिन् ।

    जोआन स्मल्स

    पअर्टो रिकोकी ३० वर्षीया जोआन स्मल्सको यो वर्ष कमाइ .५ मिलियन अमेरिकी डलर रह्यो । यो कमाइले उनलाई फोब्र्सको वर्ष २०१८ को सर्वाधिक कमाइ गर्ने मोडलहरुको सूचीमा बेला हाडिडसँगै आठौं स्थानमा उभ्याएको थियो । जोआन सन् २०१५ पछिका दिनमा यो सूचीको टप टेनभित्र समेटिएकी थिइनन् । रनवे मोडलिङमा बढी छाइरहने उनी यो पटक एस्टी लाउडर, मोस्चिनोको सुगन्धको विज्ञापन पनि देखापरिन् ।

    डचेन क्रोज

    डच पावर हाउसका रुपमा परिचित डचेन क्रोजले वर्ष २०१५ मा ८ मिलियन डलरको हाराहारीमा कमाइ गरेकी थिइन् र सूचीको चौथो स्थानमा परेकी थिइन् । त्यसपछिका वर्षमा वार्षिक कमाइमा निरन्तर ओरालो लागेकी उनी यो फोब्र्सको वर्षको सर्वाधिक कमाइ गर्ने मोडलहरुको सूचीको टप टेनमा अटाउन सकिनन् । यो वर्ष पनि उनको कमाइमा खासै सुधार भएको छैन । यद्यपि उनको कमाइ यो वर्ष पनि ८ मिलियन अमेरिकी डलर रहेको छ । यसपटक भने सूचीको दशौं स्थानमा रहेकी छिन् । लोरियाल कस्मेटिक्ससितको सम्झौता, पियागेट नामक ब्रान्डको ब्रान्ड मुहार हुनाका साथै उनको आफ्नै नामअन्तर्गतकको काश्मििरी स्वेटरको व्यापारले उनको कमाइमा थप ऊर्जा बढाउने काम गरेको देखिन्छ ।

    फोब्र्स पत्रिकाको वर्ष २०१८ को सर्वाधिक कमाइ गर्ने मोडलहरुको यो वर्षको टप टेनको सूचीमा विश्वप्रसिद्ध लिङगेरी ब्रान्ड भिक्टोरियाज सिक्रेटकी एन्जेल सुपर मोडल एड्रियाना लिमा, पहिलो चिनियाँ सुपर मोडलका रुपमा पहिचान बनाएकी लिउ वेन, स्पोर्टस् इलस्ट्रेटेड म्यागाजिनको कभर पेजमा पनि देखापरिसकेकी एस्ले ग्राहमको नाम अटाउन सकेन । यी तीनै जना गत वर्ष सूचीको टप टेनभित्र थिए । सर्वाधिक कमाइ गर्ने मोडलहरुको टप टेन सूचीका फेभरेट रहने गरेका अस्ट्रेलियन सुन्दरी मिरान्डा केर, भिक्टोरियाज् सिक्रेट एन्जलको परिचय बनाउन सफल दक्षिण अफ्रिकी मोडल क्यान्डिस स्वानेपोल पनि यस वर्षको सूचीमा समेटिन सकेका छैनन् । यसै गरी चर्चित रसियन मोडल नटालिया भोडियानोभा, ब्राजिलियन मोडल एलेक्जान्ड्रा अम्ब्रोसियोको कमाइ पनि यो फोब्र्स पत्रिकाको वर्षको सर्वाधिक कमाइ गर्ने मोडलहरुको टप टेन सूचीमा समेटिनका लागि अपुग रह्यो ।

    क्रिस्सी टिएगन

    फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरुको सूचीमा गत वर्ष डेब्यु गर्दै सीधै तेस्रो स्थान ओगट्न सफल भएकी क्रिस्सी टिएगन यो वर्षको सूचीमा पनि तेस्रो स्थानमै सुरक्षित रहेकी छिन् । स्पोर्टस् इलस्ट्रेटेड म्यागाजिनको कभर गर्लसमेत रहिसकेकी क्रिस्सीको यो वर्षको कमाइ गत वर्षको तुलनामा घटेको देखिन्छ । यो वर्ष उनको कमाइ ११ दशमलव ५ मिलियन अमेरिकी डलर रह्यो । जबकि गत वर्ष उनको कमाइ १३ दशमलव ५ मिलियन अमेरिकी डलर रहेको थियो । द लिप सिन्क ब्याटल नामक टेलिभिजन शोका होस्ट तथा कुकबुकका लेखक क्रिस्सीले यो वर्ष कुकबुकको दोस्रो संस्करण पनि बजारमा ल्याइन् साथै कुकवेयरको मोडलिङमा पनि सक्रिय रहिन् । यो सबै गतिविधिले उनको खातामा डलर बढाउने काम गरेको देखियो ।

    कार्ली क्लस

    एक दशक लामो मोडलिङ क्यारियर २५ वर्षीया कार्ली क्लसको वर्ष २०१८ मा सर्वाधिक कमाइ रह्यो । वर्ष २०१६ मा फोब्र्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने मोडलहरुको सूचीमा तेस्रो स्थानमा रहँदा उनको कमाइ १० मिलियन अमेरिकी डलर थियो भने गत वर्ष यो घटेर ९ मिलियन अमेरिकी डलरमा पुगेको थियो । जसले गर्दा उनी गत वर्षको सूचीमा सातौं स्थानमा धकेलिन पुगेकी थिइन् । यस वर्ष उनको कमाइ विगतका वर्षको तुलनामा ह्वात्तै बढेर १३ मिलियन अमेरिकी डलर पुगेको छ । र उनी सूचीमा दोस्रो स्थानमा रहन सफल भएकी छिन् । भोग म्यागाजिनको विभिन्न संस्करणमा गरी ३६ पटकसम्म कभर कर्ल बनिसकेकी कार्ली क्लसको आबद्धता एडिडास, स्वारोस्की, एस्टी लाउडरजस्ता विश्व विख्यात ब्रान्डसित रहेको छ । विभिन्न सामाजिक सञ्जालमा उनको चर्चा परिचर्चा पनि लोभलाग्दो छ ।

    बेला हाडिड

    गत वर्षको सूचीमा नवौं स्थानमा डेब्यु गरेकी बेला हाडिडको कमाइ गत वर्ष ६ मिलियन अमेरिकी डलर रहेको थियो । यो वर्ष उनको खातामा ८ दशमलव ५ मिलियन अमेरिकी डलर जम्मा भएको छ । योसँगै फोब्र्सको यो वर्षको सर्वाधिक कमाइ गर्ने मोडलहरुको सूचीमा बेलाको नाम आठौं स्थानमा उक्लिएको छ । गिगी हाडिडकी सहोदर बहिनी बेलाको इन्टाग्राम २१ दशमलव ७ मिलियन फलोअर रहेको छ । उनको यो वर्षको कमाइको मुख्य अंश डियोर ब्युटी, बुलगारी र ट्याग ह्युअरजस्ता चर्चित ब्रान्डहरुसितको संलग्नताले जुराएको हो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै