•            
    • Hikmat Dangol

    • २ जेष्ठ २०७७, शुक्रबार ०३:२१

    लसना लिन्च ००७ को भूमिकामा

    क्याप्टेन लडाकु लसना लिन्च जेम्स बन्ड्को नयाँ शृंखलामा ००७ को भूमिका देखा पर्ने भएको छ । यो राम्रो समाचार जेम्स बन्ड फ्यानहरुको लागि सुखद कुरा हो । जेम्स बन्ड हरेक फिल्ममा केही नयाँ प्रस्तुति गर्न कोसिस गर्छ र जेम्स बन्ड २५औंमा केही विशेष हुन गइरहेको छ । यस फिल्ममा अभिनेता डेनियल क्रेगसँग एक महिलाले सहयोगी बनेर अभिनय गर्दैछिन् ।
    ३१ वर्षीय अश्वेत नायिका लसनाले यस फिल्ममा तहल्का मच्चाउने भएकी छिन् ।
    बेलायती अखबार डेली मेलका रिपोर्टका अनुसार फिल्मको कथाले वर्तमान जेम्स बन्ड डेनियल क्रेग खुफिया एजेन्सी m(ज्ञट छोड्छ र जमैकामा आफ्नो समय बिताउँछ । यद्यपि, नयाँ शत्रुसँग लड्न उनलाई फिर्ता बोलाउँछ । उनको नयाँ गुप्त एजन्टलाई परिचय दिइन्छ ००७ कोड नामको साथ एक अश्वेत महिला । तर एक अन्तर्वार्तामा निर्माता बार्बरा ब्रोकोलीले उद्घोष ग¥यो कि कुनै पनि महिला जासुस बोन्ड शृंखलामा देखा पर्नेछैन । यस फिल्ममा डेनियलका ठाउँमा लसनाले ट्विट्रमा साझा गरेका छन् र फिल्ममा अभिनय गर्ने कुरा स्वीकारेका छन् । यो फिल्म सन् २०२० को अप्रिलमा विश्वभर रिजिल हुनेछ ।

    सिल्भेस्टरको ‘अन्तिम रगत’ धमाकाको साथ फिर्ता हुने
    रेम्बो फिल्मका नामक सिल्भेस्टर स्टेलनको नयाँ फिल्म ‘रेम्बो लास्ट ब्लड’ शृंखलाको अन्तिम फिल्म हालै रिलिज भएको छ । यसमा निर्देशक एड्रियन भन्छन्ः रेन्बो लास्ट ब्लड हो यसले लामो दौड पूरा गरिसकेको छ । जुन निकै सन्तोषजनक छ । हलिउडका एक्सन स्टार सिल्भेस्टर स्टेलोन जोन रेम्बोको रुपमा ‘रेम्बो लास्ट ब्लडमा फर्किनेछ, फ्रेन्चाइजको पाँचौं र अन्तिम फिल्म ।
    यस पटकको फिल्ममा सिटेस्टर स्टेलोनको रेम्बो मेक्सिोकामा जानेछ र उसको साथीको छो्रीलाई बचाउन मेक्सिन गुटहरुसँग लड्नेछन् । यसमा रेम्बोले फिल्ममा संवाद भनेका छन्– ‘मैले मेरो गोप्य कुरा धेरै वर्षसम्म लुकाएँ तर अब मेरो अन्तिमको सामना गर्ने समय आइसकेको छ । यदि तिनीहरु मलाई खोज्न आउँछन् भने उनीहरुले मृत्युको सामना गर्नुपर्नेछ र तिनीहरुलाई यमराज आउँदैछु भनेर म भन्न चाहन्छु ।’
    यो फिल्म एड्रियन ग्रुनवर्गद्वारा निर्देशित छ । जुन यो फिल्म सेप्टेम्बरमा विश्वव्यापी रिलिज हुनेछ ।

    माइली साइरस र लियाम छुट्टिए
    अभिनेत्री माइली साइरस र लियाम होम्सवर्थ ८ वर्षपछि हालै मात्र एक अर्कोबाट छुट्टिने निर्णय गरेका छन् । एक अमेरिकन सिने पत्रिका पिपुल्सको रिपोर्टअनुसार दुवै आपसी सहमतिबाट अलग हुने निर्णय गरे । किनकि दुवै आफ्नो करियरमा ध्यान दिन चाहन्छन् । माइली र लियमको विवाह सन् २०१८ को डिसेम्बरमा भएको थियो । यी दुवैको विवाह ८ महिनासम्म मात्र टिकेको थियो ।
    पिपुल्स पत्रिकाले भनेको छ– ‘यस अनुकुल समयमा लियाम र माइलीले छुट्टिएर राजी भएका छ्न । दुवै जना असल साथी मात्र हुने छन् र उनीहरुको गोप्यतालाई सम्मान गर्नुहोस् ।’

    एभेजन्र्स एन्डगेमले अवतावरलाई पछाडि धकेलिदियो
    हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’ले सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड राखेको छ । यस फिल्मले जेम्स क्यामरुनको ‘अवतार’ लाई पछाडि पारेको छ । मार्वल स्टुडियोको एभेन्जर्स एन्डगेमले २.७९ विलियन डलर संसारभरिबाट संकलन गरेको छ । र यो नै विश्वको सबैभन्दा बढी कमाउने फिल्म बन्यो । मार्बल स्टुडियोका अध्यक्ष केभिन फेइगेले सेन डियागो कमिक कोनका सबै फ्यानहरुलाई एभेन्जर्स विश्वको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनाउनेमा धन्यवाद दिएका छन् र विश्वको सबैभन्दा ठूलो फिल्मको बाली भित्र्याएर खलबली मच्चाएको छ ।

    प्रियंका चोपडा ‘ब्युटी विथ ब्रेन’
    बलिउड अभिनेत्री प्रियंका चोपडा जति सुन्दरी छिन् त्यतिकै मात्रामा बौद्धिक क्षेत्रमा पनि तेज छिन् । त्यसैले प्रियंकालाई ‘ब्युटी विथ ब्रेन’ भनिन्छ । यो कुरा प्रियंका चोडाले फेरि प्रमाणित गरिन् । हालै मात्र प्रियंका चोपडा ‘ब्युटीकान लस एन्जलस’को एक कार्यक्रममा एउटी पाकिस्तानी महिलाले रिस उठ्ने प्रश्न सोधेकी थिइन् । प्रियंका तपाईं संयुक्त राष्ट्रसंघका गुडविल एम्बेसडर हुनुहुन्छ र तपाईं पाकिस्तानमा आणविक युद्धलाई किन प्रमोट गर्दै हुनुहुन्छ ? पाकिस्तानी भएकै कारण म जस्तो हजारौं व्यक्तिले तपाईंसँग सधैं सहकार्य गरेका छन् ।
    प्रियंका चोडाले शान्तिपूर्वक उत्तर दिइन् मेरा धेरै साथीहरु पाकिस्तानमा छन् र म भारतबाट आएकी हुँ । म युद्धलाई बिल्कुल समर्थन गर्दिन तर म देशभक्त पनि हुँ । त्यसैले यदि मैले मलाई प्रेम गर्ने मानिसहरुको भावनामा चोट पु¥याएको छ भन्ने म क्षमा माग्न चाहन्छु । तर मलाई लाग्दैन कि हामी सबै एक हौं । हामी सधैं शान्तिपूर्ण मैदानमा हिँड्नुपर्छ । जस्तो तपाईंले गर्नुभयो । हल्ला नगर्नुहोस्, नहडबडाउनोस् हामी सबै यहाँ प्रेमका लागि छौं ।’

    तब्बु मीरा नायरको ‘एक उपयुक्त केटा’मा आबद्ध
    फिल्म निर्मात्री मीरा नायरको विक्रम सेठको उपन्यास ‘एक उपयुक्त बच्चा’को नाममा आधारित फिल्ममा अभिनेत्री तब्बुले अभिनय गर्ने भएकी छिन् । यस बारेमा तब्बुले भनिन्– ‘मीराको निर्देशन रहेको सो चलचित्रमा काम गर्न पाउँदा धेरै खुसी भएको छु । यसबाट फेरि रचनात्मक अनुभव प्राप्त गर्ने अवसर मिल्दछ ।’ उक्त चलचित्रमा इशान, तान्या जस्ता कलाकारहरुले अभिनय गर्ने भएको छ । फिल्ममा इशान एक राजनीतिज्ञका छोरा हुन् जो आफ्नो जीवन खुसीका साथ बिताएका हुन्छन् । उनी तब्बुलाई मन पराउँछन् । यस सम्बन्धमा इशान भन्छन्– ‘मलाई आशा छ कि म उनको दर्शनमा जीवित रहन्छु र रमान कपुरको भूमिका पनि संसारमा ल्याउनेछु, जुन उसले मबाट धेरै अपेक्षा गरेको छ ।’

    टीभी अभिनेत्री श्वेता घरेलु हिंसाको शिकार
    ‘कसौटी जिन्दगी’ टीभी सिरियलमा प्रेरणाको भूमिका निभाएर एकाएक लोकप्रिय कमाएकी टीभी अभिनेत्री श्वेता तिवारी आफ्नो निजी जीवमा घरेलु हिंसाको कारण खबरमा आएकी छिन् । उनले आफ्नो पतिलाई घरेलु हिंसाको आरोप लगाइन् र यसबारेमा श्वेता भन्छिन्– ‘अभिनवले छोरी पलकलाई दुव्र्यवहार गरेर कुटपिट गरे । र उनले धेरै पटक अश्लील शब्दले गाली गरेर हात उठाए ।’ प्रहरीले कारबाहीको क्रममा उनको पतिलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । श्वेताले यो पनि आरोप लगाइन् कि अभिनवले श्वेतालाई अश्लील फोटोहरु देखाएर आफूलाई लाजमर्दो तुल्याएको आरोप छ । आश्चर्य लाग्दो कुरा यो छ कि श्वेता पहिले पनि घरेलु हिंसाको शिकार भएकी थिइन् । उनको पहिलो पति राजा चौधरीले रक्सी पिएर उनलाई कुटपिट गर्थे । त्यसपछि श्वेताले राजासँग सम्बन्ध विच्छेद गरेर सन् २०१३ मा अभिनवसँग पुनः विवाह गरेर दाम्पत्य जीवनलाई अगाडि बढाएकी थिइन् ।

    मनिषाले हदै गरिन्
    नब्बे दशककी दुई चर्चित नायिकाहरु मनिषा र ऐश्वर्य रायबीच अहिले पनि सम्बन्ध सुमधुृर छैन । मनिषा र ऐश्वर्य एक अर्कामा अलग हुनुको मुख्य कारण राजीव मुलचन्दानी रहेको हालै मात्र अन्तर्वार्तामा ऐश्वर्यले मुख खोलेकी छिन् ।
    यस सम्बन्धमा सन् १९९९ मा मनिषामाथि गम्भीर आरोप लगाएकी ऐश्वर्य भन्छिन्– ‘म मिस वल्र्डको तयारमिा जाँदा मेरो रोमान्स राजीवसँग भएको थियो भन्ने मनिषाले अर्कै युवकसँग डेटिङ गर्दै थिइन् । मनिषा हरेक महिना विभिन्न पुरुषसँग डेटिङ गर्दै हिँड्थिन उनी यौनमा उदार हुँदै यौनकी देवी बन्न चाहन्थिन् । मनिषाको बाम्बे हिट भएपछि उनी मेरो प्रेमीलाई खोस्न चाहन्थे । यसै विषयमा हाम्रो सम्बन्धमा चिसोपना आएको हो ।’

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै