•            
    • Hikmat Dangol

    • ३ जेष्ठ २०७७, शनिबार ०३:१७

    प्रभावशाली नायिका केट विन्सलेट

    प्रस्तुति ः हिक्मत डंगोल
    नीलो गहिराई आँखा, पहेँलो रंगको केश, पातलो ओठ र पाँच फिट ६ इन्च विशेषता भएकी हलिउडका सफल नायिकाहरुमध्ये एक हुन् केट विन्सलेट । सन् २००० मा जेम्स क्यामरुनको ११ वटा ओस्कार प्राप्त सर्वाधिक चर्चित चलचित्र टाइटानिकमा नायिकाको सफल अभिनय गरेर रातारात चर्चाको शिखरमा पुगेकी केट अहिले पनि हलिउडकी महंगी नायिकाको रुपमा चिनिन्छिन् ।
    उनी अमेरिकन नागरिक होइनन् तर उनी अमेरिकालाई हृदयदेखि सम्मान गर्छिन् । उनी ब्रिटिस नागरिक हुन् । सन् १९७५ अक्टोबर ५ का दिन ब्रिटेनमा जन्मिएकी केट विन्सलेटले ९ वर्षको उमेर पिटर ज्याक्सनको ह्याभेन्ली क्रिएचरबाट अपाm्नो चलचित्रमा डेब्यु गरिन् भने १२ वर्षको उमेरमा आफ्नो अभिनयमा अझ निखारता ल्याउन अभिनय प्रशिक्षण लिन थालेकी केट त्यसपछि मोटोपनको शिकार भइन् । १३ वर्षकी हुदा उनी ६० किलोकी थिइन् जबकि उनको उचाइ ५ फिट ५ इन्चको मात्र थियो । त्यसबेला उनलाई निर्देशकहरुले फिल्ममा खेलाउन समेत तयार थिएनन् । त्यसपति उनले वजन घटाउन भरमग्दुर प्रयास गरिन् र सन् १९९५ मा आङ लिद्वारा निर्देशित चलचित्र ‘सेन्स एइन्ड सेन्सिबिलिटी’मा अनुकूल सहयोगी भूमिका खेलेर लोकप्रियता प्राप्त गरिन् ।
    बेलायतको रेडोटस कलेजबाट स्नातक गर्नुअघि केही टेलिभिजन कार्यक्रम र स्टेज कार्यक्रममा अभिनय गरेकी थिइन् । उनले टेलिभिजन कार्यक्रमहरुमा स्रिन्सक डार्क सेसन र केजुअल्टि लोकप्रिय भएका थिए । बेलायतमा निर्माण गरिएको चलचित्र ‘गेट ब्याक’ ले राम्रो व्यापार गरेकाले केटको अभिनयको सर्वत्र प्रशंसा गरियो । यस चलचित्रबाट सफलता पाएपछि उनले अर्का ऐतिहासिक चलचित्र ‘अ किड इन किङ अथर्स कोर्ट’ नामक चलचित्रमा केट विन्सलेटले सराह राजकुमारीको भूमिका निर्वाह गरेकी थिइन् । तर केटलाई प्रसिद्धको शिखरमा चढाउने कार्य सन् १९९५ मा निर्माण गरिएको जोन अस्टिनको उपन्यासमा आधारित चलचित्र ‘सेन्स एन्ड सेन्सिटिभिटी’ले ग¥यो । सो उपन्यासमा अभिनय गर्नका लागि उनले थुप्रै पटक उपन्यासको अध्ययन गर्नुप¥यो । निर्देशक आङ लिले पछि स्वीकार गरे कि विन्सलेट शुरुमा लुसी स्टिलको सानो तर प्रमुख भूमिका निर्वाह गर्ने कुरामा चिन्तित थिए त्यसैले उनले केटलाई ताई ची र जोन अस्टिन उपन्यास र कविता अभ्यास गर्न दिए । उनले सोही चलचित्रको लागि पियानो बजाउन सिकिन् । ताकि यसले भूमिकालाई सुन्दरतापूर्वक बढाउनेछ । हग ग्रानटले समेत अभिनय गरेको उक्त चललचित्रले केटलाई ओस्कार अवार्डमा सहनायिकको श्रेणीमा मनोनयन समेत दिलायो । यो उनको पहिलो मनोनयन थियो । सो चलचित्र निकै आर्थिक रुपमा सफल भयो, जसको परिणामस्वरुप ५० विलियन डलरको विश्वव्यापी बक्स अफिसको नाफा र केटले बाफ्टा र स्क्रिन एक्टर्स गिल्ड अवाडर्स र एकेडेमी सहित विभिन्न पुरस्कारहरु प्राप्त गरिन् ।
    सन् १९९६ मा केटले जुड र ह्यामलेटमा अभिनय गरिन् । जसले अपार सफलतापछि केटलाई हलिउडको स्थापित नायिको दर्जा दिइन् । जुन चलचित्रमा उनले एक किशोरी सानी व्रिहेडको भूमिका निभाएकी थिइन् जो एक भाइसँगको सम्बन्धमा उनको साथीसँग प्रेममा फस्न पुग्छिन् । उक्त चलचित्रबाट उनले आलोचनजात्मक प्रशंससित र बक्स अफिसमा सफल उनको अभिनयलाई प्रशंसा गर्दै टाइम पत्रिकाको रिचर्ड कोर्लिसले भने– ‘केट विन्सलेट क्यामेराको निष्कपट प्रेमको योग्य छ । उनी पूर्ण छिन् र आफ्नो समय भन्दा अगाडि आधुनिकतावादी अभिनयको सुन्दर प्रदर्शनी हुन् ।’
    तर ‘टाइटानिक’ उनको जीवनकै सबैभन्दा सफल चलचित्र हो । सो चलचित्रले धेरै सकारात्मक समीक्षा प्राप्त ग¥यो । जेम्स क्यामरुनको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रबाट उनले ओस्कारमा सर्वश्रेष्ठ नायिकाको पुरस्कार समेत हासिल गरिन् । केट विन्सलेटले टाइटानिकका नायक लियोनार्दो डि क्याप्रियोको साथ रोज भूमिकामा सेटमा शारीरिक र भावनात्मक थकान महसुस गरिन् । यसमा केट भन्छिन्– ‘टाइटानिक विल्कुलै फरक थियो म र लियोनार्दो बाहेक अरु केही पनि थिएन । यसको लागि राम्रो श्रृंगार गर्न सकेनौं । हामी वास्तवमै सबै जोखिमपूर्ण घटनाहरुदेखि डराएका थियौं । यसमा मेरो अभिनय भन्दा पहिले नराम्रो खबर फैलिरहेको थियो र यसले मलाई साह्रै चिन्तित गरायो ।’
    उनको आशा विरुद्ध टाइटानिक चलचित्र सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो । विश्वव्यापी बक्स अफिसको १.८ बिलियन डलरको कमाइ । यस चलचित्रले केट विन्सलेटलाई एक पूर्ण विकसित कमर्सियल फिल्म स्टारमा परिणत ग¥यो । उनलाई युरोपियन फिल्म अवार्डबाट पनि सम्मानित गरियो । उनको बजार भाउ एक्कासि आकासियो । टाइटानिकमा जम्मा २० लाख डलर मात्र पारिश्रमिक पाएकी केट एउटै चलचित्रबाट २ करोड डलरभन्दा बढी पैसा कमाउँछिन् ।
    टाइटानिकको अपार सफलतापछि उनले खेलेको अर्को फिल्म होली धुम्रपान जुन कम बजेटको चलचित्र थियो । तर उक्त चलचित्र सोचेजति सफलता हात पार्न सकिनन् । यसपछि उनले अलि फरक धारको चलचित्रमा अभिनय गरिन् । जसमा हिडियन्स किन्की पनि । जुन चलचित्रमा केटले हित्पीको भूमिकामा सशक्त अभिनय गरिन् । यस चलचित्रका सहनिर्देशकम जिम थ्रेटनसँग चलचित्रको छायांकनको क्रममा प्रेम सम्बन्ध गाँस्न पुगिन् र केटले उनैसिँग विवाह गरिन् । तर उनको वैवाहिक जीवन २ वर्षभन्दा बढी टिक्न सकेन । आपसी समझदारी नमिलेपछि सन् २००२ मा सम्बन्ध विच्छेद भयो । यस्तै गरी सन् २००३ मा साम मेन्डेससँग सम्बन्ध शुरु भयो । र सन् २०१२ मा अलग भयो ।
    चलचित्रमा काम गर्ने सिलसिलामा उनको भावी पति नेड रकसँग भेटिन् । सन् २०१३ मा उनीहरुले विवाह गरे । उनको तीन जना पतिहरुबाट तीन वटै सन्तान जन्माएकी थिइन् ।
    हालै मात्र केट विन्सलेटले हलिउडको एक कार्यक्रमको बखतमा भने– ‘मानिसहरु म र लियोनार्दोलाई सँगै भेट्न धेरै उत्साहित हुन्छन् । जानुहोस् ।… यदि तपाईं सोच्नुहुन्छ भने यो एकदम सुन्दर भावना हो । होइन र ? यो २० वर्ष भयो । मानिसहरु अझै हामीलाई सँगै देख्न र एउटै चलचित्रमा काम गरेको मन पराउँछन् । यसले मेरो हृदयलाई नै राम्रो लाग्छ । हो, हामी दुबैजना यसमा हाँस्दछौं । हामी, भोलि म हे ईश्वर ! के मान्छे टाइटानिकका नायक जेकप्रति आहिले पनि लाखौं युवतीहरु मोहित हुन्छन् ।
    बिहे गर्न मरिहत्ते गर्छन् ? र आजको दिनको धेरै तपाईं पक्का हुन सक्छौं । सोच्ने थियौं र हाँस्ने थिए ।
    यो सत्य हो कि आम मानिसहरुले केटलाई नग्न दृश्यको लागि ‘टाइटानिक’ याद राख्छन् र केही अश्लील वेबसाइटमा तयो दृश्यको क्लिप छ तर केट विन्सलेटले कहिल्यै पनि नग्नलाई अश्लील हुन दिएनन् ।
    यस बारेमा केट भन्छिन्– ‘मैले रिडर र ‘क्रान्तिकारी रोड’मा बेश्या बनेर अभिनय गरेकी थिएँ । तर मलाई ‘बी’ ग्रेड अभिनेत्रीको सूचीमा राखियो । यसमा मलाई दुःख लाग्छ । यद्यपि केटले क्रान्तिकारी रोडमा त्यस दृश्यमा धेरै समस्या सामना गर्नुपरेको थियो । फिल्मको कारण उनका दोस्रो पति स्याम मेन्डस र उनका मिल्ने साथी लियोनार्दो उनका पतिसँगै यस फिल्मको सुटिङ गर्दै थिए । त्यहाँ एक यातना थियो ।
    यस बारेमा केट भन्छिन्– ‘मानिसहरुले त्यो दृश्यको प्रशंसा गर्छन् र मलाई थाहा छ धेरै मानिसहरुले त्यस दृेश्यको लागि मात्र फिल्म हेर्छन् । मेरो पतिलाई त्यस समयमा देखेर मानसिक पीडा भयो, जुन तपाईंले बुझ्नुहुने छैन ।’
    केट वास्तवमा विभिन्न मुडकी नायिका हुन् । शायद केही फरक मन पर्छ । उनले टाइटानिक फिल्ममा भाग लिन जेम्स क्यामरुनलाई सताएकी थिइन् । तर उनी पूर्व प्रेमीको निधनको बेला प्रार्थना सभामा उपस्थित भएको कारण फिल्मको प्रिमियर शोमा आइनन् । उनका नजिकका साथी लियो भन्छन्– केट सधैं आफ्नो परिवार र कामको सम्बन्धलाई पहिलो प्राथमिकता दिन्छन् ।’ उनलाई सुपरहिट चलचित्र ‘लर्ड अफ द रिङ्स’मा भूमिकाको प्रस्ताव आयो तर उनले अस्वीकार गष्¥यो किनकि उनी यो चलचित्रमा काम गर्ने मुडमा थिइनन् । न्युयोर्क पत्रिका अनुसार उनी छुट्टीमा थिइन् र छुट्टी उनको पहिलो विकल्प थियो ।
    केट आफ्नो करियरमा शरीरप्रति अति संवेदनशील छिन् उनी प्रायः आफ्ना फ्यानहरुलाई हलिउड शरीर प्राप्त गर्न उनको शरीरसँग खेल्न नदिने भन्छन् ।
    एउटा चिज जुन उनीसँग अहिले पनि सम्बन्धित छ टाइटानिक । उनले ओस्कार जितेकी छिन् । टाइटानिकलाई २० वर्ष पछाडि छोडिराखेकी छिन् । तर उनलाई अहिले फिल्ममा हेरेर उही भ्वायलिनको दिमाग मनमा खेल्छिन् । सिलिन डियोनको चर्चित गाना सम्झना छ– ‘मेरो मुटुमा जान्छ ।’ त्यो रातो केशकी केटले बिर्सिदिनन् कि आज उनी ४४ वर्षकी भएकी छिन् ।
    समाप्त

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै