ऐजेन्सी / सलमान खानको फिल्म वीरबाट बलिउड डेब्यू गरेकी अभिनेत्री जरिन खान पछिल्लो समय फिल्मबाट टाढा छिन् । उनको पछिल्लो फिल्म ‘१९२१’ थियो जुन २ वर्षअघि २०१८ मा आएको थियो । त्यसयता उनका कुनै फिल्म आएका छैनन् । अब भने जरीनले नयाँ प्रयोग गर्ने तयारी गरेकी छिन् ।
जरिन अहिले आफ्नो आउँदै गरेको फिल्म ‘हम भी अकेले तुम भी अकेले’लाई लिएर निकै उत्साहित छिन् । यो फिल्ममा जरीनले महिला समलिंगी अर्थात लेस्बियन युवतीको भूमिका निर्वाह गरेकी छिन् । हालै यो फिल्मबारे बताउँदै नरीनले भनिन् ‘यो फिल्म दुई व्यक्तिहरु वीर र मानसीको कहानी हो । वीर पुरुष समलिंगी अर्थात गे हुन् भने मानसी महिला समलिंगी अर्थात लेस्बियन हुन् । यो उनीहरुको मित्रताको कहानी हो । एक रोड ट्रिपको क्रममा उनीहरुको जीवनमा के के घटनाहरु हुन्छन् र उनीहरुको जीवन कसरी बदलिन्छ भन्ने फिल्ममा देखाइएको छ ।