•            
    • Hikmat Dangol

    • २ असार २०७८, बुधबार १७:५६

    माटो थेरापी पछि चर्चामा उर्वशी

    टाेखा लाइभ / असार २,२०७८

    एजेन्सी / केही अगाडिसम्म कोरोनाका कारण अप्ठ्यारोमा रहेकाको मद्दतका कारण चर्चामा छाएकी उर्वशी अहिले माटो थेरापीको कारण चर्चा छिन् । अभिनेत्री उर्वशी रौतेला फिल्म अभिनयका कारणले भन्दा बढी लुक्सका कारणले बढी चर्चाको बिषय बन्ने गरेकी छन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर शेयर गरेर तहल्का मच्चाउने गर्छिन् ।

    हालै उनले घाममा बसेर माटो शरीरभरी दलेको तस्बिर सार्वजनिक गरेकी छन् । फ्यानले उनको तस्बिरमा बिभिन्न कमेन्ट बर्साएका छन् । तस्बिरमा उर्वशीले पुरै माटोले पोतिएर स्टुलमाथि बसेर घाम तापेकी छन् । तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्दै क्याप्सन लेखेकी छन्– ‘मेरो फेबरेट माटो स्पा, माटो थेरापी ।

    सुरुवातको समय क्लियोपेट्राले यो स्नान धेरै मन पराएका थिए । अहिले मलाई मनपर्यो ।माटोको थेरापीले अहिले पनि अशुद्धतालाई बाहिर फाल्छ । यसले छालालाई मुलायम बनाएर सर्कुलेसन समेत राम्रो बनाउँछ । दुखाई समेत निको पार्छ ।’उनी भन्छिन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै