•            
    • Hikmat Dangol

    • ६ चैत्र २०७७, शुक्रबार ०५:५८

    सलमान र जोनको भीडन्त

    टोखा लाइभ ।चैत्र ६ गते २०७७

    बलिउड – आउँदो इद पर्वको दिन दुई फिल्म एकसाथ रिलिज हुने भएका छन् ।

    सलमान खान र दिशा पटानीको मूख्य अभिनय रहेको फिल्म ‘राधेः द मोस्ट वान्टेड’ मे १३ इदको दिन रिलिज हुने भएको छ भने अभिनेता जोन अब्राहमको मुख्य अभिनय रहेको फिल्म सत्यमेव जयते पनि सोही समयमा रिलिज हुने भएको हो ।

    दुई अभिनेताका फिल्म एकैपटक रिलिज हुँदा दर्शकहरु बाडिने भएका छन् ।

    रिलिज भएपछि कुन फिल्मले राम्रो कमाई गर्छ भन्ने त हेर्न बाकीँ नै छ । खासमा सलमानको फिलम इदमा नै रिलिज हुने थाहा पाउँदा पनि जोनको फिल्म जुधाइएको बताइएको छ ।

    प्रभु देवाको निर्देशनमा बनेको फिल्म राधेः द मोस्ट वान्टेड मा सलमान र दिशासँगै रण दीप हुण्डा , ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै मिलाप जाभेरीको निर्देशनमा बनेको फिल्म सत्यमेव जयते मा जोनसँगै दिव्या खोसलाको अभिनय रहेको छ ।

    चलचित्रको सार्वजनिक नयाँ पोस्टरमा जोनलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । पोस्टरका कारण दर्शकमा यसले निकै उत्सुकता थपेको छ । यो चलचित्रको पहिलो सिरिजले पनि दर्शकको उल्लेख्य माया पाएको थियो । यसैले, यसको दोस्रो सिरिजलाई लिएर अभिनेता जोन निकै उत्साहित देखिएका छन्। बक्सअफिसमा जोन र सलमानको भिडन्त रोचक हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै