•            
    • Hikmat Dangol

    • १६ माघ २०७७, शुक्रबार १८:०५

    गोरो बनाउने क्रिमको विज्ञापन गर्दा पछुतो

    माघ १६ , २०७७

    प्रियंका चोपडाले बलिउडमा सक्रिय रहँदा थुप्रै ब्रान्डको विज्ञापन गरिन् । यसमा पनि गोरो बनाउने क्रिमको संख्या ज्यादा थियो । उनले अनुहार गोरो बनाउने थुप्रै क्रिमको विज्ञापन गरिन् । तर, आज भने उनलाई त्यसो गरेकोमा पछुतो छ ।

    ‘अनुहार उज्यालो पार्ने क्रिम लगाउनु दक्षिण एसियामा सामान्य मानिन्छ । यसको विज्ञापन हामी सबैले गर्यौँ । तर, यसो गरेकोमा मलाई पछुतो छ,’ उनले भनेकी छिन् ।

    प्रियंकाले सानो उमेरमा काली भएका कारण आफूले गोरी बन्न गर्ने प्रयत्नको बारेमा पनि बताएकी थिइन् । स्कुलमा आफूलाई धेरैले काली भन्ने गरेकोले टालकम पाउडर दल्ने गरेको पनि उनले बताएकी थिइन् ।

    प्रियंका यतिबेला ग्लोबल आइकन बनेकी छिन् । बलिउड छाडेर हलिउडमा काम गर्न थालेकी उनले भर्खरै लन्डनमा ‘टेक्स्ट फर यु’ सुटिङ सकाएकी छिन् भने उनको छोटो भूमिका रहेको ‘दि ह्वाइट टाइगर’ भर्खरै नेटफ्लिक्समा रिलिज भएको छ । प्रियंका यो फिल्मकी निर्माता पनि हुन् । प्रियंकाले निर्माण कम्पनी खोलेर भाषाभाषीका फिल्म पनि बनाएकी छिन् । सिक्किममा बनेको ‘पाहुना’ प्रियंकाको पेब्बल पिक्चर्सले बनाएको हो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै