•            
    • TOKHA LIVE

    • २६ माघ २०७९, बिहीबार २०:४३

    नेपाली चलचित्र‘ह्रस्वदीर्घ’मा भारतीय कलाकार ब्रह्मानन्दम

    टोखालाइभ डट कम/ माघ २६ , २०७९

    नेपाली चलचित्रमा भारतीय कलाकार ब्रह्मानन्दम्ले अभिनय गरेका छन् । भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम र अली देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अलि राजस्थानी ‘लुक्स’मा देखिएका छन् । भारतको तामिल र तेलुगु चलचित्रमार्फत नेपालमा समेत यी दुईको प्रसंशक राम्रै छन् । सँगै रहेका अभिनेता रवीन्द्र झा पण्डितको वेशभूषामा प्रस्तुत छन् । अभिनेत्री नीता ढुङ्गाना निर्मात्री रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् । “बाह्र दिनसम्म रामोजी स्टुडियोमै छायाङ्कन हुनेछ । युवापुस्ताको प्रेमलाई विम्ब बनाएर कथा तयार गरिएको चलचित्रमा नेपाली कलाकार सरोज खनाल, विपना थापा, हरिहर अधिकारी, आयुश मिश्रालगायतको अभिनय रहने छ । चलचित्र ‘ह्रस्वदीर्घ’ मा आग्रास्थित ताजमहल र नेपालका विभिन्न स्थान मा छायाङ्कन गर्ने तयारी  भैरहेको निर्माणपक्षले बताएका छन् ।फाेटाे/ सामाजिक संजाल

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै