टाेखालाइभ डट कम/माघ २० ,२०७९
हाँस्यकलाकार जितु नेपालले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ह्यारीकी प्यारी आज शुक्रबारदेखि अल नेपाल रिलिजमा आउने भएको छ। गत मङ्गलवार राजधानीमा आयोजित प्रिमियर शोमा मिश्रित प्रतिक्रिया पाएको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह जितुको जोडी बनेकी छन्। यसमा जितुलाई हिरो बन्न बलिष्ठ शरीर अग्लो कद आवश्यक पर्दैन भन्ने रूपमा देखाइएको छ।नायिका रेखा थापाले यसमा आइटम डान्स गरेकी छन्। सम्बन्धको उतारचढावमा अघि बढ्न फिल्ममा जितु र साम्राज्ञीका साथ विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतले अभिनय गरको छन्।
बिहार प्रोडक्सनको ब्यानरमा डा. भोला रिजालद्वारा निर्मित फिल्ममा डा. कपिल रिजालको कथा र निर्देशन अभिमन्यु नीरवी, डा.कपिल रिजाल, सुदीप बराल र गिरिराज घिमिरेको पटकथा तथा संवाद, डा.भोला रिजाल, डा.कपिल रिजाल र युग भुसालको गीत युग भुसाल र शिखर सन्तोषको संगीत, कविराज गहतराजको कोरियोग्राफी, विनोद कठायतको कला निर्देशन, सुदीप बरालको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ।