टाेखालाइभ डट कम /श्रावण९, २०७९
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । एमाले हुदै केही समय अघि मात्र नेपाली काँग्रेसमा प्रबेश गरेका केसी सहित अन्य ९ जना बोर्डको अध्यक्षका लागि प्रत्यासी थिए । दयाराम दाहालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष रिक्त रहेको थियो ।