•            
    • TOKHA LIVE

    • २२ असार २०७९, बुधबार १३:२५

    भिक्टोरिया क्रस प्राप्त गर्ने नेपाली योद्धा कुलवीर थापाको कथामा आधारित चलचित्र ‘गोर्खा-बिनिथ द ब्रेभरी’आउदै

    टाेखालाइभ डट कम/असार २२ ,२०७९

    सन् १९१५ सेप्टेम्बर २५ मा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा ठुलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । चलचित्रमा उनकै कथा रहेको‘गोर्खा-बिनिथ द ब्रेभरी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  सार्वजनिक ट्रेलर ‘ओयसआर डिजिटल’को युट्युब च्यानलमा उपलब्ध छ ।आउँदो भदौ २४ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्रमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई चित्रण गरिएको छ

    पृथक खालको चलचित्र बनाउने होडबाजी चलिरहेको नेपाली फिल्म क्षेत्रमा यो एउटा भिन्न खालको फिल्म पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथा  कोसेढुंगा सावित हुनेमा दुइमत छैन।  ‘गोर्खा-बिनिथ द ब्रेभरी’ गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित चलचित्र नेपाली दर्शक र नेपाली चलचित्र उद्योगका लागि एउटा राम्रो कुरा हो ।

    आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रमा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायाङ्कन, विश्व शाहीको सङ्गीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्र्याक रहेको छ । प्रदीप शाहीको निर्देशन रहेको चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही आदि कलाकारहरूको अभिनय रहेको छ । निर्देशक शाहीको कथा रहेको चलचित्र साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । मधु गुरुङ र प्रयास गुरुङ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी खत्री रहेका छन् । चलचित्र युके, अमेरिका, ब्रुनाई, सिंगापुर र अस्ट्रेलियामा प्रदर्शन भएपछि मात्र नेपालमा देखाइनेछ ।

    चलचित्रमा ‘गोर्खा-बिनिथ द ब्रेभरी’ को ट्रेलर हेर्न Click गर्नुहोस् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै