•            
    • TOKHA LIVE

    • २१ पुष २०७८, बुधबार ०८:५४

    ‘कठपुतली’ हेर्न ओर्लिए दर्शक

    टाेखालाइभ डट कम/ पौष २१,२०७८

    काठमाडौं /नेपाली चलचित्र ‘कठपुतली’ हेर्न अहिले दर्शकहरु ओर्लिएका छन् । नेपालमा चुनौतीपूर्ण मानिएको हरर जनरामा निर्माण भएको चलचित्र ‘कठपुतली’ शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको थियो । बुधवार राजधानीमा भएको प्रिमियरमा चलचित्रकर्मीबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्रले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ । हलिउड फिल्म ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा’को आक्रामक व्यापारको बावजुद पनि मल्टिप्लेक्सहलहरुले राम्रो शोहरु दिएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि देशभरका स्टेशनमा १४ शोज पाएको फिल्म बिग मुभिज, क्यूज सिनेमाज्, विएसआर मुभिज, वान सिनेमाज्, एफक्यूब, सिडिसी सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेप्लेस लगायतका मल्टीप्लेक्समा पनि चलचित्रले राम्रो दर्शक पाएको छ ।

    चलचित्र ‘कठपुतली’मा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगरले निर्माण गरेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

    अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमले चलचित्र खिचेका हुन् ।
    कठपुतली’ले राजाहरुको शासन कालमा महिलामाथि हुने दमन र त्यसको प्रतिफलको कथा मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै